You Are Here: Home » दृष्टिकोण

गेसो सभापतिको रूपमा पदम बहादुर गुरूङको अन्तिम भाषणको पूर्ण पाठ

आदरणीय गेसोका विभिन्न तह र तप्काका पदाधिकारीज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को स्थापना विशेष परिस्थितिमा विचित्र र अनौठो ढंगले भएको हो । म ब्रिटिस सेनाको रिडन्डेन्ट, डा. चन्द्रबहादुर गुरुङ भारतीय सेनाका नाम कटुवा, हामी दुवैजना पल्टनका साधारण सिपाही भएकाले हामीलाई कसैले पत्याएनन् । संस्था दर्ता गर्दा चाहिने ११ जनाको संख्या पु¥याउन सक ...

Read more

(कार्यपत्र) नेपालको बर्बादीको कारण अङ्ग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ— पदम बहादुर गुरूङ

यो कार्यपत्र गेसो सभापति पदम बहादुर गुरूङले गेसोले 23 मे 2016 (9 जेठ 2073) मा काठमाडौंमा आयोजना गरेको गोर्खा भर्तीको वैधानिकता शीर्षकको एक दिवसीय राष्ट्रिय भेलामा प्रस्तुत गर्नुभएको हो । यसमा बुद्धिजीविहरू उदयराज पाण्डे, हिरण्यलाल श्रेष्ठ, झलक सुवेदी, चेतेन्द्रजङ्ग हिमाली, श्यामल, राजेन्द्र महर्जन, प्रा.डा. देवकुमारी गुरूङले टिप्पणी गर्नुभएको थियो । यो भेलाले पाँच बुँदे निश्कर्ष निकालेको छ ।    नेपालको ...

Read more

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले जारी गरेको लण्डन घोषणापत्र

आज आइतबार २१ फेबु्रवरी २०१६ का दिन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतस्थित अल्डरसटको किङ सेन्टर हलमा गेसोका प्रमुख सल्लाहकार तथा संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङको संयोजनमा, गेसोका महासचिव दशरथ राईको सञ्चालनमा, वरिष्ठ उपाध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा, लिभरपुल जोनमुर्स युनिभर्सिटिका प्रा.डा. पदम सिंखडाको प्रमुख आतिथ्यमा र गेसोका सभापति पदमबहादुर गुरुङको कार्यपत्र प्रस्तुतिमा आयोजित एक दिव ...

Read more

गेसो सभापति पदम बहादुर गुरूङको प्रतिवेदन: नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज हुन्

यो प्रतिवेदनलाई PDF मा प्राप्त गर्न  चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्: Paper by Padam Bahadur Gurung, President (GAESO) भारतीय भूमिलाई उपनिवेश बनाएको बेलायती साम्राज्यवादले नेपाललाई उपनिवेश बनाएर सिधै उत्तरी छिमेकी चीनसँग खतरा मोल्नु भन्दा बरु नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा कायम गरी उसले नेपालका तत्कालीन शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूल ...

Read more

आँसुको इतिहास

–राजेश राई केराबारी मोरङकी शान्तिमाया लिम्बू ८९ वर्षको उमेरसम्म लडाइँमा गएका लाहुरे श्रीमान्को बाटो कुरेर बसिन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर भर्ती भएका उनका श्रीमान् बाबुराम राई उनको जीवनकालमा कहिल्यै फर्केर आएनन् । २५ वर्षको लक्का जवानीमा छोडेर भर्ती गएका श्रीमान्को अभावले शान्तिमाया जीवनभर छट्पटाइन् । उनलाई जीवनको उत्तराद्र्धसम्म लाग्थ्यो, ‘मेरो लाहुरे कतै फर्केर आउँलान् कि !’ तर, विडम्बना लाहुर गएको श ...

Read more

दक्षिणपन्थीहरूको जगजगी

                      राजेश राई दोस्रो संविधानसभासँग जनताको उतिधेरै नयाँ आशा र सपना जोडिएको छैन; छ त उही पुरानै आशा र आग्रह— चाँडै राम्रो संविधान बनोस् । यद्यपि संविधानसभाको अन्तरवस्तुमा विभिन्न वर्ग र समुदायको आ–आफ्नै आशा र आग्रह होलान् । ‘राम्रो संविधान’को परिभाषा र ब्याख्या पनि भिन्न होलान् । संविधानसभामा नयाँ आशा नभए पनि नयाँ दृश्यहरू भने देखिन थालेका छन् । नेपालको चर्को लोडसेडिङको कारण ८ माघमा बसेको दो ...

Read more

यसरी पुगे गोरखाली बेलायत

  जीतबहादुर राई सन् २००६ अप्रिल २६ तारिखका दिन बिहान साढे ९ बजे कतार एअरलायन्सको उडान क्रम क्यूआर ३५५ मार्फत् काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको हेथ्रो विमानस्थलतर्फ मेरो प्रस्थान हुँदै थियो । त्यसको ठीक दुई दिनअघि अर्थात् ११ वैशाख २०६३ मा दोश्रो जनआन्दोलन सकिएर देशमा हर्षोल्लास र खुशीयाली थियो । यस्तो खुशीको क्षणलाई चटक्क छाडेर बेलायत जानुपर्दा एकातिर मनमा बेखुशीले डामिरहेको थियो भ ...

Read more

बेलायतको दोहोर मानवअधिकार

[caption id="attachment_391" align="alignleft" width="150"] राजेश राई, सम्पादकगोरखा सैनिक आवाज[/caption] ब्रिटिस औपनिवेशिक शासन विरुद्ध स्वाधीनता संग्रामको चलीरहेको बेला सन् १९२२ मा महात्मा गान्धीले भनेका थिए, ‘ब्रिटिसले दुई प्रकारको मानवअधिकार प्रयोग गर्छ, एउटा आफ्नो नागरिकका लागि र अर्को अन्य देशको नागरिकको लागि, जुन हामीलाई मन्जुर छैन ।’ गान्धीले उतिबेला नै अस्वीकार गरेको बेलायतको मानवअधिकार अहिलेसम्म सं ...

Read more

बन्द गर ब्रिटिस ब्रम्हलूट

–राजेश राई [caption id="attachment_312" align="alignleft" width="215"] कसरी गोरखालीहरुलाई बेलायतले अहिले पनि लुटिरहेको छ ?[/caption] भनिन्छ, भक्षकहरूले गर्ने लूट र अपराध कुनै नौलो विषय होइन, र भक्षकहरू कुनै खतरा पनि होइनन् । तर, रक्षकको मुखुन्डो लगाएका ‘रक्षकधारी भक्षक’हरूले गर्ने लूट र अपराधचाहिँ खतरनाक हुन्छ । किनभने, यस्ता ‘रक्षकधारी भक्षक’हरूद्वारा संसारभरिका जनता बढी प्रताडित छन् । त्यस्ता भक्षकहरूमध्य ...

Read more

बन्दुकसँगै कलम पनि

आयो लाहुरे बुट जुत्ता कसेर ..... गयो लाहुरे खरानी धसेर ..... गोरखाली सेनाहरु माथिको यो भनार्इ कुनैबेला उखानै बनेको थियो । विदेशी भूमिमा रगत र पसिनाले कमाएको पैसा खाएर वा खुवाएर र मोजमस्तीमा उडाउने प्रवृत्तमिाथिको कटाक्ष् थियो यो । पहिले बुट जुत्ता गर्‍याप्‍–गर्‍याप्‍ बजाउँदै गाउँ आएको सम्पन्न लाहुरे फर्किँदा जोगी जस्तो रित्तो हात फर्किन्छ भनेर आलोचना गरिन्थ्यो । लाहुरेहरु सृजनशील हुँदैनन्‍, लड्‍न मात्रै जान ...

Read more

© 2009 GAESO, Powered by Kash

Scroll to top