You Are Here: Home » नयाँ प्रवेश » बिटि्सले बिथोलेको बस्ती

बिटि्सले बिथोलेको बस्ती

पोखरादेखी दक्षिण १५ किलोमिटर माथि स्याङ्जाको फेदीखोला-८ कुडुँले र यसका वरिपरी गुरुङ्ग बस्तीहरु छन् । कुनैबेला यी गुरुङ्ग बस्तीहरु गुलजार थिए । साल्मेडाँडा कुडुँले आक्रान मटीखान लगायतमा हुलका-हुल गुरुङ्ग तरुनी-तन्देरीहरुको भेटिन्थे । तिनिहरुसँग विशिष्ट संस्कृति भाषा र मौलिक जीवनशैली थियो । जब यी वस्तीहरुमा गल्लावाल छिर्यो । ती गल्लावालहरुले ुलाहुरेु संस्कृतिलाई स्थापित गर् यो । र साँझा सपना निमार्ण गरिदियो-लाहुरे।

विस्तारै ती तन्नेरीको संख्या घट्दै गयो । तरुनीहरुको पनि । तन्देरीहरु लाहुरे बनेर विटि्रस साम्राज्यको रक्षाको लागि लड्न हिडे । तरुनीहरु लाहुरेनी बनेर । यो क्रम अहिलेसम्म पुग्दा यी गुरुङ्ग बस्तीहरु रित्तो भएको छ । यतिबेला न ती हुलहरु भेटिन्छन् न त तिनका लोभलाग्दा भाषा र संस्कृति । ती तरुनी तन्नेरीहरु पोखरा हुदैं धेरै बेलायत पुगीसकेका छन् । सँगै तिनका पहिचान पनि क्रमस मेटिदै गए र कुडुँले आक्रान मटीखानहरु रित्तो हुँदै गए ।
ुलाहुरेु संस्कृतिले यस्ता धेरै आदिवासी बस्तीहरु रित्तो भए र लाहुरे सपनाले लाखांै आदिवासी युवाहरु पलायन भए । होलान् ती युवाहरुमा केही रहर र बाध्यता । तर गल्लावाल छिर्नुअघि यस्ता गुरुङ्ग वस्तीहरु जति सुखी थिए । ुलाहुरेु संस्कृति भित्रिएपछि त्यति सुखी र खुसी रहन सकेनन् । फेदीखोलका यी बस्ती प्रतिनिधि बस्ती हो । बिटि्रसका गल्लावाल छिरेपछि बिथोलिएका यस्ता सैयौ बस्तीहरु नेपालमा छन् ।
हो गत २ चैतमा हामी त्यही विटि्रसले बिथिलोको नेपालका सैयौ बस्ती मध्येका गुरुङ्ग बस्ती फेदीखोला जादैं थियौ । जहाँ गोरखा भुतपूर्व सैनिक संगठनगेसोले विश्य युद्धमा विटि्रस साम्रज्यका लागि लड्दा ज्यान गुमाएका मारिएका ६० हजार गोर्खालीहरुको सम्झना र सम्मानमा ुगोरखा स्मारकु निमार्ण गदैछ । हाम्रो टोलीमा गेसाका सभापति पदम बहादुर गुरुङ्ग संस्थापक महासचिव डा चन्द्रबहादुर गुरुङ्ग उपभापति कृष्ण कुमार राई कोषाध्यक्ष जित बहादुर राई केन्द्रीय सदस्य देबीमाया पुन सहरमान तामाङ्ग कवि श्यामल वरिष्ठ आर्किटेक्चर शंकरनाथ रिमाल लगायत थिए ।
००००
अब सभासद् हितकाजी गुरुङ्गको निर्वाचन क्षेत्र आईपुगियो यहाँ हितकाजी दाईले सबैको हित गरेका छन्ु पोखरादेखी दक्षिण करिब १३ किलोमिटर माथि फेदीखोला आईपुगेपछि पोखराका पत्रकार साथी मनोज मगरले भन्यो । ुए मनोज हितकाजी होईन हिटकाजी ।ु विचमै मनोजीको कुरालाई श्यामल दाईवरिष्ठ कवि श्यामल सच्चाईदिए । ुप्रचण्ड र झलनाथ मिलेर सरकार निमार्ण गरोस् की केपी ओली र शुशील कोईराला मिलेर सरकार निमार्ण गरोस् या ओली -माधव जुटुन् वा पोख्रेल-खनाल फुटुन् । ती कुनै सरकार वा गुटको दलालीमा भन्दा यीनी गाउँमा डोजर ल्याएर बाटो खन्नु धारो स्वाथ्या चौकी निमार्ण आदिमै रमाउँछन् । हितकाजी शहरमा नयाँ होलान् तर गाउँमा एकदमै हिट । त्यही भएर हिटकाजी भनेको ।ु श्यामलदाईले सभासद् हितकाजीलाई हिटकाजी भन्नुको औचित्य यसरी पुष्टी गरे । केही समय अघि विविसी नेपाली साझा सवालको कार्यक्रममा हितकाजी गुरुङ्गको बारेमा सुनेका थिए । र मैले पनि श्यामलदाईको सही थपे ।
सभासद् हितकाजी गुरुङ्गको बारेमा गफ नसकिदै फेदीखोलाको साल्मेडाँडा आईपुगियो । त्यहाँ हितकाजी दाई आफैले हाम्रो टोलीलाई स्वागतको चाजो मिलाएका रहेछन् । स्वागत कार्यक्रम नजिकै एउटा बन्दै गरेको ठुलो पक्की भवन देखियो । ुयो के को भवन हो ु ुभाई हेर्दा मात्रै यो गाउँ जस्तो देखिन्छ अब गाउँ जस्तो छैन धेरै पोखरा झरिसके पोखराबाट पनि बेलायत सरीसके । वस्ती रित्तो छ । अधिकांस घरमा ताला लागेको छ केही आउँदा बस्ने घरसम्म छैनु बन्दै गरेको घरको बारेमा सभासद् हितकाजी गुरुङ्ग सुनाएुयो समाज घर बनाएको हो । जहाँ परदेश गएकाहरु गाउँ घर हेर्न आउँदा बास बस्न सजिलो होस् । परदेसिएकोहरुका लागि यो माईती घर जस्तो हो ।ु दुःख उही थियो ।
ुगोरखा स्मारकु निमार्णस्थलमा पुगेपछि हाम्रो टोलीको भव्य स्वागत त भयो । तर स्वागत गर्न बसेका अधिकांस महिलाहरु पोखराबाट गएका नै रहेछन् । किन ुगाउँमा मान्छे नै छैन सबै लाहुरमा छन् कसले स्वागत गर्ने ु ६५ बर्षिय नरबहादुर पराजुलीले भने ुहाम्रो गाउँ त दिन दिनै उराठ बन्दैगएको छ ।ु उनले एउटा निकष्र्ष सुनाए ुगल्लावाले हाम्रो वस्ती बिथोल्यो ।ु साल्मेडाँडाँको औपचारिक गेसोका सभापति पदमबहादुर गुरुङ्गले गोरखा स्मारक बनेपछि फेरी लाहुर पसेकाहरु गाउँ पनि फर्किने बताएपछि गाउँलेहरु निकै उत्साही देखिए । पश्चिम स्याङजाका यी गुरुङ्ग बस्ती जस्ता धेरै राई लिम्बु बस्ती मगर बस्तीहरु गल्लावालले रित्ताएका छन् । तर यी वस्तीहरुलाई अझै अनुत्तरित्त छन् ुबेलायतले किन हाम्रा भाईछोराहरु स्वातन्त्रताको लडाई लड्ने बिभिन्न देशका नागरिकको घाटी रेट्न गईरहेका छन्

०००                                                                      ००००
हामी कार्यक्रम सकेर फेदीखोला ओरालो झर्दै थियौ । दिउँसो तीन बजेको बुलेटिनमा पोखराको एक एफएममा बेलायती रक्षामन्त्री एन्ड्रयु रोवथान नेपाल आउँदै गरेको समाचार बजीरहेको थियो । उनी यतिबेला पनि नेपाल भ्रमणमै छन् । एन्ड्रयु रोवाथनहरुका साम्राज्य बचाउँन १९९७ यता लाखौं गोर्खालीहरु रगत र पसिना बगाउँदै आएका छन् । तिनकै साम्राज्यका स्वार्थका लागि लड्दा विश्ययुद्धमा ६० हजारभन्दा बढी गोर्खाहरु मरे । अझै हजारौका संख्यामा वेपत्ता छन् ।
ती वेपत्ता लाहुरे कतै घर फर्केलान् की भनेर अझै लाहुरेनीहरु ब्ााटो हेरीरहेका छन् । तर एन्ड्रयु रोवाथनहरुले युद्धमा मारिएका वेपत्ता र घाईते गोर्खाहरुकाका लेखाजोखा राखेको छ । न ती लाहुरेका बाटो कुरेर बसेका लाहुरेनी र तिनका सन्तानलाई नै सहयोग नै गरेको छ । ुहोलसेलमा राखिएका बेच्न राखिएका सामानको त तथ्याङक राखिन्छन् तर विश्ययुद्ध ताका कति गोर्खाली भर्ती भए कति मारिए कति वेपत्ता भए तिनको कुनै लेखाजोखा छैनु सभापति गुरुङ्गले आक्रोश पोखे संसारलाई मानवअधिकारको पाठ सिकाउने बेलायत आफैले मानवअधिकारको चरम उलङघन गरेको छ । हजारौ गोर्खाहरुलाई युद्धमा लगेर मारेका छन् । तर बेलायती सरकारले कुन नीतिका आधारमा गोर्खाहरुलाई युद्धमा लगाए र मारे । तिनीसँग कुनै नीति छैन । यदि अन्तराष्ट्रिय कानुनलाई आधार मान्ने हो भने थुप्रै एन्ड्रयु रोवथानहरुले सजायका भागीदार हुनुपर्छ । यात्राभरी विटि्रसले गोर्खाहरु माथि गरेको बिभेद र अन्यायको बिषयमा बहस भईरह्यो । गल्लावालले बिथोलेको बस्ती लाहुरेहरुको दुःख र बेलायतको सक्कली अनुहार थाहा पाउने जो कोहीले पनि बेलायतलाई कसैले पनि बेलायत भन्दैन । बेलायतले गोर्खाहरुर्ला कतिसम्म बिभेद गरेको छ भन्ने तथ्य पहिल्याउन धेरै टाढा जान प्रदैन । करिब एक महिना अघिको भिसि लछिमान गुरुङ्गको मृत्युपछिको घटना नै काफी छ । डिसेम्बर १२ २०१० मा भिसि गुरुङले आफ्नो छातीमा भिक्टोरिया क्रस लगाइदिने महारानी एलिजाबेथकै मुलुक संयुक्त अधिराज्य बेलायतमै देहत्याग गरे ।

बेलायतकी महारानी भिक्टोरियाको नामबाट स्थापित यो पदक युद्धमा असाधारण वीरता प्रदर्शन गर्ने योद्धालाई प्रदान गरिन्छ । बि्रटीश गोर्खाहरुमा पहिलो र दोस्रो विश्व युद्धमा असाधारण वीरता प्रदर्शन गरेका १३ जनाले मात्रै भिसि पाएका थिए । एलिजाबेथ र डेभिड क्यामरुनहरुको ज्यान र मुलुक जोगाउन आफ्नो जवानी र उर्जाशील उमेर सुम्पेका भिसि गुरुङले जब आफैंले रक्षा गरी खडा गरेको मुलुकमा देहत्याग गर्दा बेलायतले उनको भव्य सम्मानका साथ अन्तिम विदाई गर्नुपर्ने हो । तर उनको अन्तिम संस्कार सम्पन्न गर्न सर्वसाधारणबाट ११ हजार पाउण्ड चन्दा उठाउनुपर् यो । बेलायतको लागि गल्लीमा मरेका कुकुर र भिसिको मृत्यु केही फरक भएन ।

यतिबेला राष्ट्रिय स्वाधीनताका मन्त्र सबैभन्दा जप्नेहरुकै गठबन्धनको सरकार छ । बेलायती रक्षामन्त्री एन्ड्रयु रोवथान गोर्खालीहरुलाई नयाँ सपना बाढ्न यतिबेला यही आएका छन् । मारिएका ६० हजार गोर्खालीहरुको सम्झनामा निमार्ण हुन लागेको स्मारक निमाणस्थलको हेरेर फेदीखोला तल्लो कुँडुलेको ओरालोमा गाडीमा हुईकिदैं गर्दा मनभरी प्रश्न उब्जिीरहेको थियो पूर्वका लाहुरे किराती बस्तीमै जन्मे हुर्केका प्रधानमन्त्री झलनाथ खनाल र पश्चिम लाहुरे वस्तीमै जन्मेका रक्षामन्त्री बिष्णु पौडेलले ६० हजार गोर्खालीहरुको रगत र पसिनाका बारेमा एन्ड्रयु रोवथानलाई सोधेकी सोधेनन् होला ु बेलायतकी सर्वशक्तिमान महारानी एलिजाबेथ बिराजमान दरबारको भित्ता-भित्तामा गोर्खाहरुको रगत र पसिना पोतिएको छ । ती रगत र पसिनाको मुल्य बारेमा रोवथानलाई सोधिएकी सोधिएन होलन् । के रोवथानले लाहुरे पर्खेर बसीरहेका हजारौ लाहुरेनीहरुको दुःखलाई बुझ्लान्  ??

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top