राजदूतावास बेच्न पाइँदैन
संरक्षण गर्न नसकिएको कारण देखाउँदै सरकारले लन्डनको १२ ‘ए’ क्यान्सिटन स्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागेको समाचारप्रति गेसोको गम्भीर ध्यानाकर्षण भएको छ । यो भवन नेपाली युवाहरुले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाको निम्ति उच्च वफदारितापूर्वक बलिदान गरेबापत निशुल्क दिइएको सबैलाई विदितै छ । करिब ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको बलिदानीको उच्च सम्मान गर्दै निशुल्क रुपमा दिइएको यो भवन संरक्षण गर्न नसकेको बहानामा बिक्री गर्नु ती ६० हजार बढी हाम्रा पुर्खाहरुको अपमान मात्रै होइन, नेपाल र नेपालीको स्वाभिमानमाथिको प्रहार पनि हो । पुर्खाहरुको बलिदानीको चिनो यो भवन नेपाल सरकार वा कुनै पनि राजनैतिक दललाई बिक्री गर्र्ने कुनै अधिकार रहँदैन भन्ने हाम्रो जिकिर हो । यो भवन संरक्षण गर्न नसकेर भन्दा पनि यहाँका राजनैतिक दल, तिनका नेता र कर्मचारीहरुले ‘कमिसन’को लोभमा बेच्न लागेको हाम्रो ठहर छ । यसर्थ केवल ‘कमिसन’को लागि नेपालको अमूल्य र ऐतिहासिक सम्पत्ति कुनै पनि हालतमा बिक्री नगर्न हामी सम्बन्धित पक्षलाई अनुरोध गर्न चाहन्छौं ।
यदि सरकारले यो भवनको संरक्षण गर्न सक्दैन भने गेसोले पूर्ण रुपमा संरक्षण गर्न सक्ने
सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छु । गेसोलाई हस्तान्तरण गरे हामी हाम्रो पुर्खाको बलिदानीबाट प्राप्त भएको भवनलाई सधैं बचाइराख्नेछौं । यसर्थ ‘कमिसन’को लोभमा नेपाल र नेपालीको स्वाभिमान र शिरलाई झुकाउने काम नगर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहन्छौं । यदि हाम्रो आग्रहको बेवास्ता गर्दै बिक्री गरिए हामी हाम्रो ऐतिहासिक सम्पत्ति जोगाउन जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत दिन चाहन्छौं ।

Biru Rai
Nepal ka chor haru ho stop being more corrupt else you will go to hell
Dil Thapa
Bechna paindaina rajdutabas.
Gajendra Gurung
Bechnu bhanda pahile sampurna bhupu haruko yogdani swarup prapta yo bhawan bhanda arko bhabya bhawanko byawastha garna sakne aant chha bhane matra…..
razzu grg
badar lay kayra payo bokra chitai khayo tyahi ho corrupt politicians haru rastra ko gaurav garnay kam garna ko sato ultai swabhiman michnay kam matra gardacha. hal ko nepal embassy gorkha army haru ko office banaya huncha ra embassy aru thau ma rent ma lina lagaya huncha ani thaha paucha. aula diyo hath nilnay prabiti ka olitician haru. ramro garna ta parijaus khali tyahi honaramro garna ma matra agadi. aray janta lai sukha dinata sakay na dhukha ta na deu.rastra lai samman garna ta sakay na sakayna bayijjat ta nagarau murkha haru.
jay nepal jay gurkha
dilip rai
yo bhawan hami bir gorkhalile kamayeko sampati ho Nepal ra uk bichko sambandha yesle rakheko chha . Nepal sarkarle yeslai nabechnubhani ma agraha gardahhu