सरकार बिरुद्ध सर्बोच्चमा रिट
आदरणीय पत्रकार ज्यूहरु,
संरक्षण गर्न नसकिएको कारण देखाउँदै सरकारले लन्डनको १२ ‘ए’ क्यान्सिटन स्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागेको यहाँहरुलाई अवगत नै छ । यो भवन नेपाली युवाहरुले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाको निम्ति उच्च वफदारितापूर्वक बलिदान गरेबापत निशुल्क दिइएको सबैलाई विदितै छ । यही भवन बेच्नका लागि सहसचिव स्तरको एक टोली लण्डनमा रहेको छ ।
करिब ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको बलिदानीको उच्च सम्मान गर्दै निशुल्क रुपमा दिइएको यो भवन बेच्न नदिन माग गदै आज(१९ चैत सोमबार) गेसोले सर्बोच्च अदालतमा रिट हालेको यहाँहरुलाई जानकारी गराउँदछौं । गेसोका सभापति पदमबहादुर गुरुङबाट अधिकार प्राप्त गेसोका कोषाध्यक्ष जितबहादुर राईले आज सर्बोच्च अदातलमा अग्राधिकार सहितको रिट दर्ता गर्नुभएको हो । गेसोको तर्फबाट वरिष्ठ अधिवक्त्ता बालकृष्ण नेउपाने र अधिक्क्ता बेलबहादुर गुरुङले वहस पैरवी गर्नु हुने भएको छ ।
संरक्षण गर्न नसकेको बहानामा बिक्री गर्नु ती ६० हजार बढी हाम्रा पुर्खाहरुको अपमान मात्रै होइन, नेपाल र नेपालीको स्वाभिमानमाथिको प्रहार पनि हो । पुर्खाहरुको बलिदानीको चिनो यो भवन नेपाल सरकार वा कुनै पनि राजनैतिक दललाई बिक्री गर्र्ने कुनै अधिकार रहँदैन भन्ने हाम्रो जिकिर हो । यो भवन संरक्षण गर्न नसकेर भन्दा पनि यहाँका राजनैतिक दल, तिनका नेता र कर्मचारीहरुले ‘कमिसन’को लोभमा बेच्न लागेको हाम्रो ठहर छ । यसर्थ केवल ‘कमिसन’को लागि नेपालको अमूल्य र ऐतिहासिक सम्पत्ति कुनै पनि हालतमा बिक्री नगर्न हामी सम्बन्धित पक्षलाई हामीले यस अघि नै अनुरोध गरीसकेका छौं । यदि सरकारले यो भवनको संरक्षण गर्न सक्दैन भने गेसोले पूर्ण रुपमा संरक्षण गर्न सक्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छु । गेसोलाई हस्तान्तरण गरे हामी हाम्रो पुर्खाको बलिदानीबाट प्राप्त भएको भवनलाई सधैं बचाइराख्नेछौं । यसर्थ ‘कमिसन’को लोभमा नेपाल र नेपालीको स्वाभिमान र शिरलाई झुकाउने काम नगर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहन्छौं ।
मिति ः १९ चैत २०६९ ।
महेन्द्रलाल राई
(महासचिव )

razzu grg
kira paros nepali politician ka brastachari haru lai. 60 hajar jana gurkha sainik ko balidan ko majak udauna uk ko embassy baycna ako. sapana ma pani na sochay huncha baycnay kura. jun thali ma khancha tyahi thali ma waknay haru khutrukka moros
rekha ko chatne keta
Nepal ko chor harule sab khane vayo?
padam kumar sunuwar
gaunaeso ko sabhapti padam bahadur gurung boleko bhasan gareko hoina itihas boleko chha.suna ani bujha nepali ko chhoro ho bhane itihas lai metne kam nagar sachikai nepali ko chhoro banne ho bhane gaeso ko sabhapti padam gurung jasto bichar linu ati jaruri chha.kahachha amdami dutabas ko asle kasto itihas bokeko chha nepal ko pahinna bepar garn chahinna nafa hamilai chahinchha asir bad purkha haruko yo bhaneko mero ani timro sajha nepali ko sampati ho hami nepali gyani bnau hamro purkha haru le hami lai ramro asirbad deeun jai nepali.
shakhajit rai
कमिसनको लागि नेपालीहरु को स्वाभिमानलाई ढाल्न खोज्ने ति मानब रुपी राक्षश हरु लाई हामी सबै गोरखा सैनिक को परिवारहरु एक भएर तिनिहरुलाई बिरोध गर्नु पर्छ। यदी हैन भने हामीहरुले हाम्रो पुर्खाहरुको बलिदानी र स्वाभिमानता लाई गुमाउने छौ।
G Gurung (Pokhara)
Gurkha haruka lagi dieka councilar vawan kunai halat ma bechera yi janawar haru lai khana dinu hundaina.