You Are Here: Home » परियोजना » गोरखा स्मारक क्षेत्रको नक्शांकन सम्पन्न

गोरखा स्मारक क्षेत्रको नक्शांकन सम्पन्न

स्मारक क्षेत्रको मूल भौगोलिक नक्शा

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ गेसो द्वारा प्रथम तथा द्वितीय विश्व युद्ध लगायतका अनकौं क्षेत्रीय युद्धहरुमा बलिदान गरेका ६० हजारभन्दा बढी गोरखाहरुको स्मृतिमा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं ८ को साल्मेडाँडाको सयौं रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको स्मारकको निम्ति विस्तृत भौगोलिक सर्वेक्षण कार्य पूरा भएको छ । 
स्मारकको मूल क्षेत्र १ सय १३ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सर्वेक्षणको प्राविधिक प्रतिवेदन पाएपछि विख्यात नेपाली आर्किटेक्ट शंकरनाथ रिमालले गोरखा पितृहरुको समाधिस्थल विशेष स्मारक म्युजियम सुविधासम्पन्न सभाकक्ष सहितको गेसो रिसोस्र सेण्टर तथा नेपालका जनजातिको साँस्कृतिक विविधताको धरोहरका रुपमा अनुभव गर्न पाइने सांस्कृतिक ग्रामको डिजाइन गर्न थाल्नुभएको छ ।
आर्किटेक्ट शंकरनाथ रिमालका अनुसार धौलागिरी माछापुच्छे्र र अन्नपूर्ण हिमश्रृंखलाको अद्भभूत प्राकृतिक दृश्यलाई स्मारकसंगै अति नै नजिकबाट एकैपटक अवलोकन गर्न पाइने अनुपम सम्पदा नेपालमा उपलब्ध हुनेछ । यसमा राखिने जलाशयले अहिले अनुभव गरिने सौन्दर्यमा थप सौन्दर्य उत्पन्न गर्नेछ भने म्युजियममा विश्व शान्ति र बेलायतको रक्षाका लागि जीवन अर्पेका तर बेलायतबाटै बेहाल पारिएका गोरखाहरुको अवस्थाको चित्रण गरिने छ ।
डिजाइन पूरा भएपछि सो डिजाइनलाई नेपाल तथा विदेशका महत्वपूर्ण विन्दुहरुमा होर्डिङ बोर्डमा सजाइने छ र वेबसाइटबाट स्मारक क्षेत्रको प्रारुप सार्वजनिक गरिेनेछ ।

 

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top