‘गोरखा ऐकेडेमिक फोरम’ गठन
काठमाडौं, ४ बैसाख । गोरखाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउँन र अन्तराष्ट्रियकरण गर्नका लागि ‘गोरखा ऐकेडेमिक फोरम’ गठन गरिएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो) केन्द्रीय समितिको बैठक र गोरखाहरुको बुधबार भएको भेलाले शिब गुरुङको अध्यक्षतामा ५ सदस्सीय समुह गठन गरेको हो ।
समितिको उपाध्यक्षमा हुम गुरुङ, सचिवमा राजेश राई, कोषाध्यक्षमा प्रकाश राना मगर र सदस्यमा निराजन राई बतास चयन भएका छन् । गोरखा आन्दोलनलाई थप प्रभावकारी बनाउँन र अन्तराष्ट्रिकरण गर्नका ‘गोरखा ऐकेडेमिक फोरम’ गठन गरिएको गेसो सभापति पदमबहादुर गुरुङले बताए । यो समितिले ब्रिटिसले नेपालीहरु माथि गदै आएको अन्याय र शोषण बिरुद्ध अन्तराष्ट्रिय क्षेत्रमा बौद्धिक लडाई लड्ने उनको भनाई छ ।
rekha ko chatne keta
very good gurung keta bhai?
nabin gurung
High time we rise and fight for this cause. Keep the good work going.