You Are Here: Home » गतिविधि » बेलायतमा शुभकामना आदान प्रदान कार्यक्रम

बेलायतमा शुभकामना आदान प्रदान कार्यक्रम

main111111111

बेलायत । २७ अप्रिल २०१३ ।

गोरखा भूतपूर्व सैनिक संघ गेसो महिला समिति युकेको आयोजनामा राईज्यूले २७ अप्रिल २०१३ का दिन नयाँवर्षको शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न ग¥यो । गेसो महिला समिति युकेका सभापति बिमला राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि डा. चन्द्रबहादुर गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा विभिन्न संघ संस्थाहरुबाट पदाधिकारीहरु पाल्नु भएको थियो । गेसो केन्द्रीय समितिका तर्फबाट सचिव ज्ञानु गुरुङ, सदस्य प्रेमबहादुर गुरुङ तथा देवीमाया पुनले आतिथ्यता ग्रहण गर्नुभएको थियो भने गोरखा एकाडेमिक फोरमका तर्फबाट कोषाध्यक्ष प्रकाश रानाको उपस्थिति रहेको थियो । नेपालमा रहेको शारिरिकरुपमा असक्त तर मानसिकरुपमा एकदमै सक्षम लक्ष्मीराईको साहित्यिक यात्रालाई हौसला प्रदान गर्ने उद्देश्यले “हेल्प लक्ष्मी” नामक च्यरिटिलाईलाई आर्थिक सहयोग उपलब्ध गराउन समेत आयोजित उक्त कार्यक्रमको सञ्चालन बसुन्धरा राईले गर्नु भएको थियो ।
शुभकामना मन्तव्यका क्रममा बेलायत महिला समिति युकेका उपसभापति खिमकला राईले स्वागत मन्तव्य दिनु भएको थियो । गेसो हेरो समितिका सचिव भानुभक्त राईले गेसोको लडाईले २३ वर्ष पार गरिसकेको र गेसोमात्र गोरखालीहरुको पक्षमा लड्दै आइरहेको संस्था भएको उल्लेख गर्नु भएको थियो । स्वागत मन्तव्यका क्रममा एनडब्ल्यूीयुकेका तर्फबाट जया राई, नेपाल सेलिडारिटिका तर्फबाट उमेश मोक्तान, जिडब्ल्यूएसका तर्फबाट शान्तिराम मगर आदिले नयाँवर्षको शुभकामना मन्तव्य दिनु भएको थियो ।
गेसो केन्द्रीय समितिका सचिव ज्ञानु गुरुङले गेसोले विभिन्न संघ संस्थाहरुले माया गरिरहनु नै भएको उल्लेख गर्दै गेसोलाई गेसो महिलाको तर्फबाट सदैव सहयोग हुँदै आएको र पछिसम्म सहयोग गरिरहने कुरा व्यक्त गर्नुभएको थियो । अन्तमा गेसोका संस्थापक सल्लाहकार डा. चन्द्रबहादुर गुरुङले गेसोको आन्दोलनको भावी योजनाका बारेमा सबैलाई जानकारी दिनुहुँदै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
“हेल्प लक्ष्मी”का संस्थापक सन्तोष राईले गेसोलाई समाजसेवीकाममा समेत पु¥याउँदे आएको योगदानको कदर गर्दै धन्यवाद दिनु भएको थियो । कार्यक्रममा सांस्कृतिक नाच गान, खेल, नाटक र गीतहरु प्रस्तुत गरिएको थियो ।

About The Author

Number of Entries : 70

Comments (1)

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top