You Are Here: Home » तस्बिरहरु » ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक किरिया सुरु

६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक किरिया सुरु

थप तस्वीहरुको लागि यहाँ क्लिक गर्नुहोस् ।

–गेसोको अभियानमा मह जोडीले साथ दिने

स्याङजा, ५ मसिर । ब्रिटिस साम्राज्यको रक्षा र विस्तारको लागि लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक काजक्रिया सुरु भएको छ । मारिएका ती सैनिकहरुलाई ब्रिटिसले बेवास्ता गरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले ब्रिटिस सरकारलाई नैतिक दबाब दिन र पूर्खाहरु प्रति श्रद्धान्जली दिन सामुहिक काजकिरिया गरेको हो ।

स्याङजाको फेदीखोला–८ स्थित साल्मेडाँडामा मंगलबारदेखी सुरु भएको सामुहिक काजक्रिया ब्रिटिसका पक्षबाट लड्दा मारिएका १७ जातिका प्रतिनिधिहरु सहभागी छन् । १७ वटै जातिका धर्म गुरुहरु सहित किरिया पुत्रीहरु छन् । तिन दिनसम्म चल्ने किरियामा ब्रिटिसको पक्षबाट लड्दा  गुरुङ, मगर, राई, लिम्बू, पुन शेर्पा, हाल्मो नेवार, तामाङ, बाहुन, छेत्री, दलित, याक्खा, भुजेल, थकाली, ठकुरी, दुरा गरी १७ जातका छन् ।

किरिया पुत्रीहरु ब्रिटिस गोरखाका पक्षबाट मारिएका सैनिकका आफन्ताहरु हुन् । काजकिरियाको सुरुवात मंगलबार बिशेष कार्यक्रम विच भएको थियो । अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गोरखा सैनिकको प्रतिमामा श्रद्धान्जली अपर्ण गरेर काजकिरियाको सुरुवात गरेका थिए । यसअघि बेलाती अभिनेत्री जोअना लुम्लीको सहयोग र साथमा ब्रिटिसलाई हराएका गेसोले नयाँ चरणको न्यायिक सङ्घर्षमा पनि कलाकारहरुलाई रोजेका छन् । समाजमा सर्बमान्य व्याक्तिहरुको सहयोगमा ब्रिटिसलाई दबाब दिने गेसोको योजना अनुसार नै यो कार्यक्रममा पनि अभिनेताद्धयलाई प्रमुख अतिथि बनाईएको गेसोका सभापति पदमबहादुर गुरुङले बताए ।

सामुहिक काजकिरयाको सुरुवात गदै अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो लागि लडीदिने सैनिकहरुलाई अपमान र बिभेद गर्नु दुर्भाग्पूर्ण भएको बताए । ‘मलाई लाग्थ्यो लाहुरेहरु सबै सुखी र खुसी छन्, तर अहिले थाहा भयो, उनीहरु धेरै पिडा सहेर बाचेको छन्,’ उनले भने,‘आफ्नो लागि लडीदिनेहरुलाई अपमान गर्नृु दुर्भाग्यपूर्ण हो ।’ उनले गोरखा सैनिकहरुको न्यायिक सङ्घर्षमा साथ दिने बताए । ‘यो न्यायिक अभियानमा हामी सहयोग गर्र्न तयार छौ’ उनले भने । अर्का अभिनेता हरिबंश अचार्यले आफूहरु जहिल्यै पनि पिडामा परेकोहरुको सहयोगमा लागेको उल्लेख गदै अन्यायमा परिएका गोरखा सैनिकहरुको अभियानमा साथ दिने बताए । ‘जसले राम्रो गर्छ, उसैलाई अन्यायमा परिन्छ, गोरखालीहरुलाई पनि त्यसै गरिएको रहेछ’ उनले भने,‘हामी गोरखालीहरुको अभियानमा साथ दिन तयार छौ ।’ उनले गेसोले निर्माण गर्न लागेको गोरखा स्मारकलाई सरकारले आफ्नो राष्ट्रिय योजनमा राखेर बनाउन सहयोग गर्नु पर्ने बताए ।

गेसोले स्याङजाको फेदीखोला–८ स्थित साल्मेडा“डामा रहेको ३ सय रोपनी जग्गामा गोरखा स्मारक बनाउ“दैछ । दुई शताब्दी अघि देखी नेपाली युवाहरु ब्रिटिस सेनामा काम गदै आएका छन् । यसक्रममा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुलाई बेलायती सरकारले वेवास्ता र अपमान गरेको गेसोको दाबी छ । ‘दुईवटा विश्वयुद्ध र बिभिन्न क्षेत्रिय युद्धहरुमा गरी ६० हजारभन्दा बढी गोरखा सैनिकहरु मारिएका छन् तर ब्रिटिस साम्राज्यले न तिनका परिवारलाई राहत नै दियो, न उनीहरुको सम्मानमा केही काम गर्यो’ गेसो सभापति पदमबहादुर गुरुङले करिया उद्घाटन कार्यक्रममा भने, ‘तीनै वेवास्ता गरिएका गोरखा सैनिकहरुको भड्कीरहेको आत्मलाई स्वार्ग तार्न सामुहिक किरिया गरेका हौ ।’  सामुहिक काजकिरिया ब्रिटिस शासककोहरुको नैतिक पराजयको सन्देश भएको उनको जिकिर छ । ‘आफूलाई मानवअधिकारको जननी ठान्ने बेलायती शासकले आङ्खनो मुलुक बचाईदिने सैनिकहरुको कसरी वेवास्ता गरेको रहेछ भन्ने सन्देश गएको छ’ उनले भने, ‘यसले ब्रिटिस शाससको असली अनुसार उदाङ्गो भएको छ ।’

 

कसरी हुँदैछ किरिया ?

साल्मेडाँडाको वातावरण आज हेर्नलायक थियो । देशभरका ब्रिटिस गोर्खा सैनिकका परिवार, आफन्त र विश्वयुद्धमा आफन्त गुमाएका परिवारका सदस्यहरु साल्मेडाँडा आएका थिए । स्थानीयहरु कुनै ठूलो उत्सवझैं मानेर संसारको दुर्लभ अनुष्ठान हेर्न पाँच हजारको संख्यामा उर्लिएका थिए । सामूहिक काजकिरियाकै कार्यक्रमको लागि बेलायत, हङकङ, अमेरिका, भारत तथा अन्य देशबाट विश्वयुद्धका भेटेरान, घाइते तथा तिनका आफन्त साल्मेडाँडा आइपुगेका थिए ।

देशका १७ जातिका पुरोहित र तिनका सहायकहरु आफ्नो संस्कार अनुसार काजकिरिया तयारीका लागि छुट्टाछुट्टै पालभित्र बसेर सामग्रीहरु तयार गर्न ब्यस्त देखिन्थे । बौद्ध धर्मावलम्बीका धर्मगुरुहरुको मन्त्रोत्चारण, मगरहरुको लोरी श्लोक तथा लिम्बूहरुको मुन्धुमी नाचले माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरीको सफा पृष्ठभूमिमा उभिएको साल्मेडाँडालाई एकाएक जनजाति मौलिक सांस्कृतिक रंगले लछप्पै भिजाएको थियो ।

देशका विभिन्न जातिको मृत्युसंस्कार अवलोकन र अध्ययन गर्ने यो नै पहिलो  र संभवतः एकमात्र अवसर थियो । ढोल, झ्याम्टा र शंखका निरन्तर आवाजले दिनभर गुन्जायमान बनेको गुरुङहरुको आदिभूमि साल्मेडाँडाको अद्भूत वातावरणलाई नजर गर्न उपस्थितहरु छेउकुना स्वतःस्फूर्त चलायमान थिए । प्रत्येक जातिका किरियापुत्रीहरु भने सेतो कपडामा प्रत्येक पालको कुनामा गम्भीर मुद्रामा बसेका थिए ।

तीन दिन सम्म चल्ने अनुष्ठानमा किरात जातिहरुले चुला बनाएर आगो बाली धनुकाँड, घुङरिङ जस्ता सामग्रीका साथ मुन्धुम फलाक्न सुरु गरेका छन् । मगर, गुरुङ, दुरा, तामाङ जातिहरुले बुद्धको मूर्ति अगाडि दियो बाली फलफूल र भेटी राखी धर्मग्रन्थहरु सामूहिक रुपमा पढ्ने काम बेलुका अबेरसम्म जारी छ । किरियापुत्री, धर्मगुरु र तिनका सहायकलाई बस्न पराल र सुकुलको व्यवस्था गरिएको छ । काजकिरियाकाको अन्तिम दिनसम्म आयोजक, धर्मगुरु र तिनका सहायक र आगन्तुकहरु डाँडामै बस्नेछन् भने खानपानका लागि अस्थायी होटल र रेस्टुराँहरुको व्यवस्था गरिएको छ ।

महदारा श्रद्धान्जली

साल्मेडाँडामा गोरखाहरुको श्रद्धान्जलीका लागि पहिलो दिन वरिष्ठ हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई साल्मेडाँडा आइपुगेका थिए । गेसो आन्दोलनप्रति दर्शाएको कलाकारदयको ऐक्यबद्धताले आयोजकलाई उत्साहित बनाएको देखिन्थ्यो ।

राजेश राई

सम्पादक ः गोरखा सैनिक आवज मासिक

थ्प जानकारीका लागि ः ९८५११४२७१३

 

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top