You Are Here: Home » गतिविधि » विजय दिवशको सम्झना

विजय दिवशको सम्झना

गोरखा भूतपूर्व सैनिक सघ गेसो मर्डन समितिले २७ नोभेम्बरको एतिहासिक विजय दिवशको सम्झनामा एक भव्य समारोहको आयोजना गरेको छ । करिव २०० जनाभन्दा बढि गोरखाहरुको उपस्थिति रहेको सो सभामा गेसोका सभापति पदम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा सभापित गुरुङले वर्तमान अवस्थामा गेसोको आन्दोलनको स्वरुपको बारेमा बताउँदै गोरखा सैनिकहरुको त्याग समर्पण र बहादुरिताले २७ नोभेम्वरको विजय सम्भव भएको स्मरण गराउँदै बेलायतले गोरखाहरुमथि अझैपनी असमानता कायम राख्ने कोशिस गरे गेसोले अब उसको बाँकी रहेको प्रतिष्ठा समेत गुम्नेगरि नयाँ ढगको आन्दोलन सञ्चालन गर्ने बताउँदै त्यसको शुरुवाती साल्मेडाँडाको गोरखा स्मारक भएको बताउनुभयो । कार्यक्रममा गेसोका उपसभापति कृष्ण कुमार राईले गेसोको न्यापूर्ण आन्दोलनको कारण अहिलेसम्मको उपलब्धी सम्भव भएको जानकारी गराउँदै गेसोका भावी कार्यक्रममा अझ एकताबद्ध भएर सम्पूर्ण भूपू गोरखाहरु आफ्नो पुर्खाको आत्माको चिर शान्ती र सबै नेपालीहरुको स्वाभिमानका लागि गोलबद्ध हुनुपर्ने बताउनभयो ।

मर्डन युके समितिका सभापति रण बहादुर थापामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव खुम बहादुर कुँवरले गर्नुभएको थियो । कार्यक्रममा गेसोका केन्द्रिय सदस्यहरु प्रुम गुरुङ, रग प्रसाद पुर्जा र मर्टनबोरोका काउन्सलर गम बहादुर गरुङले अतिथ्यतासँगै शुभकामना मन्तव्य व्यक्त गर्नभएकोथियो ।

थप तस्वीरहरुका लागि यहाँ क्लिक गर्नुहोस ।

 

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top