You Are Here: Home » गतिविधि » गैसो नर्थ वेस्ट लन्डनको आयोजनामा जानकारी सभा सम्पन्न

गैसो नर्थ वेस्ट लन्डनको आयोजनामा जानकारी सभा सम्पन्न

३० अक्टोबर २०११ का दिन गेसो नर्थ वेस्ट लन्डन को आयोजनामा ह्यारो फुटबल क्लबमा जानकारी सभा सम्पन्न भयो । उक्त कार्यक्रममा सघका केन्द्रीय सभापति पदमबहादुर गुरुङ, उपसभापति कृष्णकुमार राई, सदस्यहरु प्रेमबहादुर गुरुङ, निलम राई, सचिव कमला गुरुङ र रगप्रसाद पुर्जाके समेत उपस्थिति थियो । साथै जेष्ठ नागरिक एवम् समितिका सल्लाहकार उदन बहादुर राईको पनि उपस्थिति थियो । कार्यक्रम सञ्चालन सचिव भानुभक्त राइले गर्नु भएको थियो भने स्वागत मन्तव्य गेसो महिला समिति नर्थ वेस्ट लन्डन का सभापति बिमला राईले गर्नु भएको थियो ।

स्वागत मन्तब्यको क्रममा श्रीमती राईले गेसो केन्द्रीय समितिको निर्णयानुसार आएका हरेक कार्यक्रममा शसक्त रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो र भविष्यमा यस क्षेत्रमा हाम्रा भान्जा भान्जीहरुलाइ पनि समेटेर अघि बढ्नका लागि गेसो युवा समिति गठन गर्ने कुराको उद्घोष गर्नु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सघका सभापति पदमबहादुर गुरुङले गेसोलाई चौतर्फी आक्रमण गर्नेहरुले गेसोलाइ बद्नाम गराउने सबै उपाय उनीहरुले अपनाइसकेको र थकित भइसकेको तर गेसो भने झन् झन् शसक्त भइ नयाँ योजना सहित बेलायतलाइ विश्व सामु नाङो बनाउन कहिले नथाक्ने कुरा उल्लेख गर्नु भयो । योजना अनुरुप गोरखा स्मारकको निर्माण गरी बेलायतले गोरखालीहरुलाइ मानव ढालको रुपमा प्रयोग गरेको र प्रथम र दोस्रो विश्वयुद्ध सकिए लगत्तै खाली हात नेपाल फर्काइदिएको बारे विश्वलाइ जानकारी दिइने र ६० हजार भन्दा बढी हाम्रा पुर्खाहरुलाइ बेलायतले किन मारे ? उनीहरुलाइ क्षतिपूर्ति दिनु पर्ने कि नपर्ने ? जस्ता प्रश्नको उतर बेलायत सँग खोज्ने बताए ।

उक्त सभामा हाल साल्मे डाँडामा निर्माणाधिन गोरखा स्मारकको नक्सा समेत सार्वजानिक गरिएको थियो ।  भेलालाई सघका उपसभापति कृष्ण कुमार राईले पनि सम्बोधन गर्नु भएको थियो । भेलामा उपस्थित सम्पूर्ण सदस्यहरुले गेसोको योजनालाई आर्थिक भौतिक र नैतिकरुपले सहयोग गर्ने वाचा सहित तालीको गर्जनका साथ समर्थन गरेका थिए ।

फोटो ग्यालरीका लागी यहा क्लिक गर्नुहोस

 

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top