You Are Here: Home » गोरखा गाथा » बेवारिसे गोरखाहरुको चिहान

बेवारिसे गोरखाहरुको चिहान

“To the armies

Of the British Empire

Who stood here

From 1914 to 1918

And those of their dead

Who have no known grave”

 

” ती सेनाहरुका लागि

बेलायती साम्राज्यको

जो यहाँ खडा भए

सन् १९१४ देखि सन् १९१८ सम्म

र तिनीहरु मृत्युपरान्त पनि

कुनै ज्ञात चिहान छैन ।”(अनुवाद)

 

पर बेल्जियमको एउटा सानो नगर हो । यो ब्रुशेलबाट लगभग १५० किलोमिटर पश्चिमी बेल्जियम र उत्तरी फ्रान्सको सीमासँग जोडिएको छ । यसै नगरको बीच भाग भएर एउटा नहर बगेकोछ । यसको ठीक माथि नगर प्रवेश गर्ने एउटा मूलåार छ । यसलार्इ मेलिन गेट भनिन्छ । यो विशाल ढोका र त्यसका पर्खालका भित्ताहरुमा हजार बेवारिसेहरुको नामहरु कुँदिएका छन्‍ ।

 

गेटको माथिपट्टि माथि उल्लेखित शब्दहरु कुँदिएको छ । कतिको पल्टन थाहा छ भने, कतिको त्यो पनि थाहा छैन । यस ढोकामा कुँदिएको नामहरुमा गुरुङ, मगर, रार्इ, लिम्बू र तामाङहरुकोनाम छ । नाम पढेपछि त्यो नाम गोरखालीहरुको हो भनेर सजिलै अनुमान गर्न सकिन्छ । पर्खालमा कुँदिएका नामहरुबाट धेरै गोरखाहरु यस युद्धमा मारिएका छन्‍ भन्ने थाहा हुन्छ ।

 

प्रथम विश्वयुद्धको समयमा सेप्टेम्बर अक्टोबर १९१४ मा प्रmान्स र बेल्जियमको यस सीमानामा २ लाख ५० हजार इण्डियन सेनाले युद्धमा भाग लिएका थिए । युद्धको इतिहासलार्इगहिरिएर अध्ययन गरेमा उत्तरी फ्रान्सको यस ठाउँमा भएको युद्धमा कोही गोरखाहरु पनि जीवित घर फर्केनन्‍ । आधा भन्दा बढी लडाइँमा मारिए । आधा जसो जाडोले कठ्‍याङि्‍ग्रएर र मरेँ ।कति त चिसोमा राम्रो लत्ता कपडा नभएकोले मरे । केही बाँचेकाहरु पनि अपांग भएको र अधिकांश अस्पतालमा मरेका थिए । यस युद्धमा ३० हजार गोरखाहरुले भाग लिएका थिए । केहीगोरखालीहरुको नाम यस पर्खालको भित्तामा बर्मा पुलिस भनेर लेखिएको छ भने अन्य इण्डियन पल्टनहरुमा बाँडिएका छन्‍ । प्रmान्स बेल्जियम इटाली, इजिप्ट, प्यालेस्टायन, स्वीजनहर, उत्तर अपि्रmका र विश्वका विभिन्न ठाउँहरुमा गरी २० हजार गोरखाहरुले आप्‍mनो जीवन बलिदान गरे ।

त्यसताका नेपालमा कुनै सञ्चार माध्यम थिएनन्‍, यातायातको सुविधा पनि थिएन । मुग्लान पसेपछि कहिले फर्कने हो, त्यो पनि थाहा भएन । यसरी गोरखाहरुले विश्वका विभिन्नयुद्धभूमिमा बेवारिसे सरह आप्‍mनो जीवन अर्पण गरे । इपरको यो मेलिनद्वारका भित्ताहरुमा भएका ती नामहरु कसरी प्राप्त भयो भन्ने जिज्ञासा हुन सक्छ । लडाइँमा जानु भन्दा अघिहरेक योद्धाहरुको घाँटीमा डिस्क झुण्डयाइएको हुन्थ्यो । यो जनैको धागो जस्तो हुन्छ ।

 

त्यस डिस्कमा नाम, नम्बर र पल्टन लेखिएको हुन्छ । युद्धको वीरगति भएकाहरुको घाँटीबाट भएको उक्त डिस्कबाट व्यक्तिको परिचय प्राप्त हुन्छ । ती सबै एकै ठाउँमा संकलन गरिएकोहुन्छ । डिस्क बटुल्दै गरेका सिपाहीहरु कहिलेकाहीं दुश्मनको गोलीले आफै पनि मारिएकोपनि थाहा भयो । यसैले कम लासहरुबाट मात्र घाँटीको डिस्क निकाल्न सफलता प्राप्त भएको थियो। त्यसैको आधारमा लडाइँ सिद्धिएपछि नाम, नम्बर र पल्टन विवरण अनुसार अभिलेख तयार गरिएको थियो ।

 

यसरी बेवारिसे लाशहरुबाट संकलन गरिएको डिस्कबाट प्राप्त विवरण यो मूल ढोकामा कुँदिएको छ । त्यही मूल ढोकाको बीच भागमा अंग्रेजीमा लेखिएको माथिका हरफहरु हुन्‍ । प्रmान्स रबेल्जियमको यी भागहरुमा त्यस भेगका नहर र खोलाहरुको किनार, अनि गाउँ र त्यसका आवादी खेती गर्ने ठाउँहरुमा युद्धमा मारिएका गोरखा सैनिकहरुका बेवारिसे लासहरु छरिएका थिए ।

 

सन्‍ १९१४ को सेप्टेम्बरदेखि सन्‍ १९१५ को अक्टोबर एक वर्षसम्म यस क्षेत्रमा घमासान युद्ध भएको थियो । लाखौँ सैनिकहरु मारिए । दशौँ हजार गोरखाहरुको रगतले त्यस क्षेत्र लत्पतिएकोथियो । एक वर्षपछि उनीहरुको लासहरु माटोमा समाहित भएर रातो पप्पी फूल उम्री सकेका थिए । खेतीको उर्बरा शक्ति बढिसकेको थियो । प्रथम विश्वयुद्ध समाप्तिको घोषणा सन्‍ १९१८को ११ महिना अर्थात्‍ नोभेम्बर ११ ‌औ दिन अर्थात ११ तारिख र ११ बजे ११ सेकेण्ड बज्दा भएको थियो । विश्वयुद्धको ४ वर्षको अवधिमा यस भेगमा मारिएकाहरुको सम्झनामा हरेक वर्षअक्टोबर ११ देखि नोभेम्बर ११ एक महिनासम्म बेलायती नागरिकहरुले रातो फूलको चिन्ह पप्पी छातिको कोटमा टाँसेका हुन्छन्‍ ।

 

सम्झनाका ती पप्पी फूलहरुमा गोरखाहरुको पनि रगतको छिटा परेको छ । बेलायतको सार्वभौम सत्ताको जगेर्ना गोरखाहरुले गरेको छ । इपरबाट लगभग ३५ किलोमिटर उत्तर फ्रान्सकोजमिनमा अर्को चिहान छ । यो सानो गाउँको नाम नेभ चेपल हो । यो गाउँको बाटोको क्रसिङमा इण्डियन सेनाको युद्धस्मारक छ । यहाँ उल्लेखित नामहरुपनि सबै वीरगति प्राप्त सैनिककाघाँटीमा पाइएको डिस्कको आधारमा संकलन भएका नामहरु हुन्‍ । चिहान गोलाकार रुपमा बनाइएको छ । वरिपरि फूलहरु रोपिएका छन्‍ । चिहानको ठीक बीचमा मुश्लिम डिजाइनमानिर्मित डोम छ । त्यसमा लेखिएको छ

 

To the honour of army of India fought in France and Belgium 1914-1918 and in perpetual remembrance of those of their dead whose names are here records and who have no known grave.

 

यो पनि बेवारिसे शवहरुको चिहान हो । यस चिहानको दाहिनेतिरको भागमा हिन्दी, उर्दू पञ्जावी र मराठीहरुमा लेखिएको अशोकस्तम्भ जस्तो स्तम्भ छ । खम्बाको दुवैतफ दुर्इ बाघहरु छन्‍। यहाँका भित्ताहरुमा हजारौँ गोरखाहरुको नाम कुँदिएको छ । इपर मेलिन गेट र यहाँ भएका नामहरुमा नेपाली नागरिक भन्ने कहिँपनि छैन । यस्तै नेपाल देश भन्ने पनि उल्लेख छैन ।उनीहरु इण्डियन नागरिक भन्ने मात्र उल्लेख छ । यी बेवारिसे चिहानहरुबाट यो थाहा लाग्छ कि, दशौँ हजार माइल पश्चिम यूरोपमा आएर गोरखाहरुले आफ्नो जीवन निरर्थक बलिदानगरेका थिए । नागालैण्डको राजधानी कोइमामा पनि åितीय विश्व्युद्धको समाप्ति पछि एउटा युद्ध स्मारक निर्माण भएको छ । यस चिहानको प्रवेशद्वारमा यसरी लेखिएको छ :

 

WHEN YOU GO HOME

TELL THEM FOR US AND SAY

FOR YOUR TOMORROW WE GAVE OUR TODAY

 

आज हामी नेपालीहरुले के बुझ्न जरुरी छ भने, सात समुन्द्रपारिबाट अंग्रेजहरु आफ्नो साम्राज्यको लागि लडे, इण्डियन सिपाहीहरु आफ्नो मातृभूमिको लागि लडे । तर गोरखाहरु कसकाभविष्यका निम्ति लडे ? यी प्रश्नहरु अनुत्तरित छन्‍ । फ्रान्स र बेल्जियमको विभिन्न गाउँ, नगर, नहर र खोलामा भएका युद्धमा हाम्रा पूर्खाहरुले अर्थहीन जीवन बलिदान गरे । नूनको सोझो गरे । मालिक रिझाए । तर आज तिनैका सन्तानहरु विश्वमा भौतारिदै आफ्नो अस्तित्व, धर्म संस्क सस्कृतिविहीन जीवन जिउँदै छन्‍ । यसको जवाफ नेपालका शासक र ब्रिटिशशासकहरुले दिनुपर्ने हुन्छ ।

इपरको मेलिन गेटमा हरेक दिनको ठीक साँझ ८:०० बजे अन्तिम पोष्ट (लास्ट पोष्ट) को बिगुल बज्छ । त्यस नगरपालिका अन्तर्गत तैनाथ एउटा सैनिक टुकडीले बिगुलको ध्वनिका साथदुर्इ मिनेट मौन धारण गरी ती बेवारिसे पितृहरुको नाममा श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन्‍ । सन्‍ १९३९ (१९४५ को ६ वर्ष द्वितीय विश्वयुद्ध चर्किएको अवस्थामा मेलिन गेटको श्रद्धाञ्जलीलास्ट पोस्ट कार्यक्रम रोकिएको थियो । त्यसबेला नाजी जर्मनका हिटलरका सेनाहरुको काजमा यो शहर थियो, त्यसैले श्रद्धाञ्जली अर्पण भएन । पछि जर्मनीले आत्मसमर्पण गरेपश्चातपुन यो कार्यक्रम शुरु भएको थियो ।

 

बेलुका ठीक ८:०० बजे यस नगरमा २ मिनेटको लागि सबै मौन रहन्छन्‍ र स्वर्गीय आत्माहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिरहेका हुन्छन्‍ । हाम्रा हजारौँ पितृहरुले अहिलेसम्म आफ्नोकूल, धर्म र परम्परा अनुसार अर्पण पाएका छैनन्‍ । बेलायतको अभिलेखले मात्र २० हजार गोरखाहरु प्रथम विश्वयुद्धमा मारिएको देखिन्छ । सन्‍ १८५७ को सिपाही विद्रोहमा गोरखारेजिमेण्टहरुले बाहेक अरुले ब्रिटिशका लागि लडेनन्‍ । त्यसबेला गोरखाहरुले बेलायतलार्इ साथ नदिएको भए त्यसै बेला भारतमा बेलायती साम्राज्यको अन्त्य हुने थियो ।

प्रथम र द्धितीय विश्वयुद्ध दुवै युद्धकालमा जर्मन हवार्इ सेनाले लण्डनको बकिङ्‍घाम राजदरबारमा पनि बम खसालेका थिए । बेलायतका तत्कालिन राजा रानीलार्इ राजदरबार छाडी अन्यत्रजान पनि सल्लाह दिइएको थियो । त्यस्तो विषम परिस्थितिमा पनि गोरखालीहरुले लडेर बेलायती साम्राज्यकालागि मात्र नभएर लण्डन शहरको पनि रक्षा गरेका थिए । दुवै विश्वयुद्धहरुमाबेलायती अभिलेखमा ४३ हजार गोरखाहरुल मारिएको अभिलेख छ । तर गेसोको अनुमान अनुसार, ६० हजार भन्दा बढि हाम्रा पितृहरु विश्वका विभिन्न युद्धमोर्चाहरुमा मारिएका अनुमान छ। उनीहरुको अहिलेसम्म पनि श्राद्ध भएको छैन । त्यसबेला हाम्रा हजारौं बुढी आमाहरुले आफ्‍नो लोग्ने फर्केर आउने दिनको प्रतिक्षा गरे । तर उनीहरु कहिलै फर्केनन्‍ । यसरी विना अर्थबेवारिसे जीवन गुमाएका गोरखा सैनिकहरुका श्रीमतीहरु लोग्नेको अन्त्योष्टि नै नगरी संसारबाट विदा हुन बाध्य भए । आज यिनै वेवारिसे गोरखाहरुको चिहानले नयाँ पिडीलार्इ सन्देशदिन्छ ‘तिमी कसका लागि, किन मारिएका हौ ?’

 

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top