You Are Here: Home » गतिविधि » साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

साल्मेडाँडामा पत्रकारले श्रमदान गर्ने

काठमाडौँ/   स्याङ्जाको फेदीखोला साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक पार्कमा पोखराका पत्रकारले एकदिन श्रमदान गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदाको रुपमा पार्क निर्माण भइरहेको भन्दै पोखराका सबै पत्रकारले आफ्नो योगदान स्वरुप स्वतःस्फूर्त श्रमदान गर्ने भएका हुन् । आगामी आइतबार दिनभर साल्मेडाँडाको निर्माण कार्यमा पत्रकारहरु लाग्ने योजना रहेको कास्की आवाज दैनिकका सम्पादक हुम गुरुङले बताए ।

तीन वर्ष यता साल्मेडाँडामा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा स्मारक पार्क बनाइरहेको छ । गेसोले विश्वयुद्धमा मारिएका गोरखाहरुको सम्झना र सम्मानमा विश्वकै अद्वितीय र सबभन्दा ठूलो समाधि पार्क बनाइरहेको दाबी गर्दै आएको छ । उसले स्मारक पार्कले गोरखा भर्तीको आजसम्म नखोतलिएको यथासत्य र नेपाली स्वाभिमानलाई विश्वमाझ मुद्दाको रुपमा उठाउने उद्देश्य रहेको भनेको छ ।

गेसो सभापति पदमबहादुर गुरुङले साल्मेडाँडामा स्वतःस्फूर्त रुपमा पत्रकारहरुको श्रमदानले पवित्र तीर्थस्थल साल्मेडाँडाको ओज बढ्ने भन्दै खुशी व्यक्त गरेका छन् ।

18

7

3

 

About The Author

gaeso.org.np Lalitpur-14 Nakkhipot

Number of Entries : 15

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top