You Are Here: Home » गतिविधि » गोर्खा बिरुद्ध एमओडीद्धारा भाडामा मान्छे परिचालन : राई

गोर्खा बिरुद्ध एमओडीद्धारा भाडामा मान्छे परिचालन : राई

 
गेसाको जन्मदिनको केक
असार २५ । काठमाडौं ।
स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गोरखा भूतपूर्व सैनिक सघं (गेसो) का कार्यवाहक सभापति कृष्णकुमार रार्इले गोरखाहरुमाथि बेलायतले गरेका सबै खालका बिभेद र अन्याय अन्त्य नगरेसम्म गोरखा आन्दोलन जारी रहने बताएका छन । उनले भने जबसम्म कुनै न कुनै खालका बिभेद रहन्छ तबसम्म हामी गोर्खाहरुको पक्षमा निरन्तर आन्दोलन जारी राख्छौ ।
 
गेसोको जन्मदिनको केक काट्दै कार्यवाहक सभापति राई
रार्इले पहिलो र दोस्रो विश्वयूद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिक र तिनका परिवारलार्इ बेलायतले अहिलेसम्म कुनै सहयोग नगरेको बताए । ती ६० हजारभन्दा बढी गोरख सैनिकहरुको रगत र पसिनाको मूल्य मागिन र यदि दिन अन्कनाए संसारका न्यायप्रेमी जनताको साथ लिएर बेलायतविरुद्ध शसक्त आन्दोलन गर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले बेलायतका रक्षामन्त्रालय (एमओडी) ले केही गोर्खाहरुलार्इ पोषेर गोरखा आन्दोलन भाड्न् लगाएको दाबी समेत गरे ।
एमओडीले भाँडाका मान्छे परिचालन गरेर गोरखाहरुको आन्दोलन बिरुद्ध षडयन्त्र गरीरहेको र केही गोरखा भनाउँदाहरु एमओडीका तलब खाएर गोरखा आन्दोलनबाट प्राप्त उपलब्धीलार्इ समेत तुहाउँन तिर लागेको तर एमओडी र उनका भाँडाका मान्छेको षडयन्त्रलाइ गेसोले निस्तेज पारेर अघि बढ्नेग कुरा व्यक्त गर्नुभयो । उनले आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि सँधै चनाखो रहनुपर्ने बताए ।
 
स्वागत भाषण गदै केन्द्रीय सदस्य नौराज राई
रार्इले भारतीय नागरिक टिकेन्द्रदल देवान एमओडीका कर्मचारी हुँदा हुँदै गोरखाहरुको नाममा संगठन खोले गोरखालीहरुबीच विभाजनको खेती गरेको उल्लेख गर्नुभयो । त्यस्ता मान्छेले गोरखालीहरुको हित गर्छ भनेर विस्वास गर्नु मूर्खता हुने र सो कुरा विगतमा गोरखा आन्दोलनबाट प्राप्त उपलब्धिलाइ समेत नित्रिmय बनाउन केथ भेज र जोअना लुम्लेलाइ उहाँ आफैले लखेको पत्रबाट नै स्पष्ट हुने कुरा बताउनु भयो ।
 
कोषाध्यक्ष जीत बहादुर राई
साथै जनवरी ११, २०१० मा उच्च अदालतबाट पेन्सनको मुद्दा हराइदिएको खबर बाहिर आयो तर मुद्दा कहिले दर्ता भयो भन्ने बारे देवान बोल्न जरुरी छ भन्नु हुँदै यूरोपेली अदालतमा मा
मुद्दा दर्ता गराउन ३ देखि ४ वर्ष समय लाग्न सक्छ र अहिले अवस्था भनेको त मुद्दा दर्ता गरीपाउँ भन्ने मात्र हो भन्ने जानकारी दिनुभयो र यस विषयमा सबैजना चनाखो रहने उहाँले सुझाव दिनुभयो ।  गेसोका कोषाध्यक्ष जितबहादुर रार्इले गेसोले स्थापना कालदेखी हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले विश्वयुद्ध ताका मारिएका भूतपूर्व सैनिकहरुको सम्झनामा स्याङ्जााको फेदीखाला – ८ मा रहेको १ सय १३ रोपनी जग्गामा गोरखा स्मारक बनाउन लागेको जानकारी समेत दिए ।
गेसोका बुद्धिजिवी एवं वरिष्ठ स्यामलले गोरखा स्मारक संसारभरको लागि आकर्षणको केन्द्र बन्ने बताए ।
 
कार्यक्रमलाई सम्बोधन गदै उपसभापति राई
गेसोका केन्दि्रय सदस्य नौराज रार्इले एमाओडीबाट सञ्चालित भाडाका मान्छेहरुले गेसो आन्दोलनलार्इ केही गर्न नसक्ने बताए । हाम्रा साथमा संसारभरका नयायप्रेमी जनता छन एमओडी र उनका भाडाँका मान्छेले हाम्रो आन्दोलनलार्इ केही गर्न नसक्ने कुरा उहाँले बताउनु भयो ।
 
स्मारकका बारेमा जानकारी दिनुहुँदै स्यामल ।
यसैविच गेसोको स्थापना दिवसको अवसरमा विश्वभर विभिन्न देशमा भव्य कार्यक्रमहरु आयोजना गरिएको छ ।
 
गेसो सदस्य एव‌ बुद्दिजीविहरु

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top