You Are Here: Home » गतिविधि » गेसो सभापति पदम बहादुर गुरूङको प्रतिवेदन: नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज हुन्

गेसो सभापति पदम बहादुर गुरूङको प्रतिवेदन: नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज हुन्

यो प्रतिवेदनलाई PDF मा प्राप्त गर्न  चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्: Paper by Padam Bahadur Gurung, President (GAESO)

भारतीय भूमिलाई उपनिवेश बनाएको बेलायती साम्राज्यवादले नेपाललाई उपनिवेश बनाएर सिधै उत्तरी छिमेकी चीनसँग खतरा मोल्नु भन्दा बरु नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा कायम गरी उसले नेपालका तत्कालीन शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूलाई फाइदा मिल्न सक्ने देख्यो । त्यसका लागि उसले चलाखीपूर्ण ढंगले नेपालसँग दौत्य सम्बन्ध कायम ग¥यो, र सन् १८१६ को सुगौली सन्धि गरी नेपालको निकै ठूलो भूभाग आफ्नो मातहतको भारतीय भूमिमा मिलायो । यसै सन्धिबाट नेपाली युवाशक्तिलाई बेलायती स्वार्थखातिर पलायन गर्ने बाटो खुला गरिएको हो । यसबाट नेपालप्रति बेलायती नियत ठीक थिएन भन्ने स्पष्ट हुन्छ । यो नियत हालै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका अवसरमा नेपालको संविधानको सवाललाई लिएर जारी गरेको संयुक्त विज्ञप्तिमा झन् प्रष्ट भएर देखिएको छ । यी घटनाहरूबाट बेलायत कहिल्यै पनि नेपालको असल मित्र हुन सक्तैन भन्ने कुरा हामी सारा नेपालीले बुझ्नुपर्छ ।

कालान्तरमा गोरखा भर्तीको नाममा प्रख्यात भएको नेपालीहरूलाई ब्रिटिस सैनिक सेवामा लैजाने कार्यमा आजसम्म कहिल्यै पनि बहसमा नल्याइएका यथातथ्य र त्यसले नेपालका नागरिक र तिनको स्वाभिमान अनि सिंगो देशलाई पारेको अपुरणीय क्षति र दुष्परिणामका बारेमा हामी विश्वसामु सवाल उठाउन चाहन्छौँ ।

ब्रिटिस सैनिक सेवामा नेपालका खास जातिलाई मात्र किन लगियो ?
अंग्रेजलाई वीर लडाकु नै चाहिएको थियो भने नेपालसँग युद्ध गर्दा उनीहरू स्वयम्ले देखेका र त्यो जमानामा वीर कहलाइएका खस क्षेत्री थिए, तर अंग्रेजले उनीहरूलाई भर्ती गरेन । यसका केही कारणहरू छन् । पहिलो, यी जातिहरू एशियामा बसेका हिन्दु भए पनि वास्तवमा अंग्रेजहरूकै नश्लका थिए । त्यतिबेला उनीहरूको जनसंख्या थोरै थियो, र बेलायतले उनीहरूलाई युद्धमा होमेर मास्न चाहेन । दोस्रो, खसआर्य जातिहरू अंग्रेज जत्तिकै चलाख र बाठा पनि थिए । आफ्नै सहजाति र आफू बराबरकै टाठाबाठालाई अंग्रेजले लान उचित ठानेन, किनभने उनीहरू आफू ठगिएको र शोषणमा पर्ने कुरालाई छिटो बुझ्न सक्थे, र अधिकार माग्छन् भन्ने अंग्रेजलाई राम्रोसँग थाहा थियो ।
अंग्रेजलाई सोझा र इमानदार जनजातिहरू नै चाहिएको थियो भने तराईका एकै क्षेत्रमा बस्ने बहुसंख्यक थारु, राजवंशी र धिमाल थिए । बेलायतले उनीहरूलाई पनि लगेन । पहाडी भेगका मंगोल नश्लका जातिलाई मात्र उसले किन रोज्यो ? यसका कारणहरू छन् । पहिलो, यी जातिहरू सोझा र इमानदार भएकाले आफूमाथि शोषण र विभेद गरेको थाहा पाउँदैनथे । दोस्रो, पहाडी भेग ढाकेर बसेका यी जातिहरूको जनसंख्या बढ्दै थियो । उनीहरूले लेखपढ गर्ने अवसर पाए भने विद्वान र वैज्ञानिक हुन्छन्, र शासनसत्तामा पनि हस्तक्षेप गर्छन् भन्ने नेपालका राणा शासक र अंग्रेजलाई राम्रोसँग थाहा थियो । उनीहरू सत्तामा गएर शक्तिशाली भए भने राणा शासक र भारतमा राज गरिरहेको अंग्रेजका लागि खतरा हुन्छ भन्ने कुरा पनि राम्रोसँग थाहा थियो । त्यसकारण नेपालका पहाडी भेगका मंगोल नश्लका जातिहरूलाई फैलिन दिनुहुँदैन भन्ने राणा र अंग्रेजको बुझाई थियो । यसैले षड्यन्त्र गरी पहाडका गुरुङ, मगर, राई, लिम्बु र केही तामाङलाई खोजीखोजी र जबर्जस्ती ब्रिटिस सैनिक सेवामा लैजान सुरु गरियो ।
नेपालका यी जातिलाई पहाडी भेगबाट विस्थापित गर्ने राजनीतिक षड्यन्त्र थियो भन्ने कुराको पुष्टि गर्ने एक ताजा उदाहरण हो वर्तमान नेपालको लोकतान्त्रिक सदनका सांसदहरूले २०७२ साल असोज ३ गते जारी गरेको संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्था । यस व्यवस्थाले ब्रिटिस सैनिक सेवामा काम गर्ने नेपालीहरूको नागरिकता खोसेको छ । सरकार आफैले आफ्ना नागरिकहरूलाई बेलायती सेनामा पठाउने अवस्था र व्यवस्थाको सिर्जना गरेर आफैले विदेशी सेनामा गएको बहानामा उनीहरूको नेपालको जन्मसिद्ध नागरिक हुने अधिकारको हनन गरेको छ । यो दुवै मुलुकका शासकहरूको उनीहरूलाई प्राकृतिक अधिकारबाट वञ्चित गर्ने षड्यन्त्र थियो भन्ने कुरा आज झनै पुष्टि भएर आएको छ । त्यो जमानामा तत्कालीन राणाशासकले गरेको राष्ट्रहित, जनहित विपरितका कुकार्यलाई लोकतान्त्रिक सदनको सांसदहरूले उसको मतियार बनेर लालमोहर लगाउनु भनेको सांसदहरूको राष्ट्रियता र जनवादको नारा के रहेछ भन्ने कुरा अब सारा नेपाली प्रष्ट बुझ्नुपर्छ ।
तत्कालीन महाराजा र अंग्रेज मिलेर नेपाल र नेपालीहरूको बर्बादीको सुरुवात यसरी गरे
सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भयो । नेपाल र बेलायतका शासकहरूले आ—आफ्ना स्वार्थको निमित्त नेपाली युवाहरूको राष्ट्रिय स्वाभिमानमाथि मोलतोल गरे । राणा शासकको स्वार्थ भारतीय भूमिमा राज गरिरहेका अंग्रेजलाई खुशी पारेर आफ्नो शासनसत्ता टिकाइराख्नु थियो भने अंग्रेजको स्वार्थ राणा शासकहरूसँग सौदाबाजी गरेर सित्तैमा यहाँका युवाहरूलाई आफ्नो सैन्य आवश्यकता पूरा गर्न लैजानु थियो । यी दुई देशका शासकहरूका स्वार्थका निमित्त ऊर्जाशील नेपाली युवाहरू बलिका बोका बन्न पुगे ।
त्यतिबेला बेलायती गल्लावालाहरूलाई नेपालको गाउँ—गाउँमा पठाएर श्री ३ महाराजाको हुकुम भन्दै चौध देखि चालीस वर्षसम्मका सबै युवाहरूलाई गाउँ नै खाली हुने गरी भारतको कुनाघाट डिपोमा पु¥याउँथे । उनीहरूलाई किन लगिँदैछ भन्ने कुराको जानकारी उनीहरूका आमाबाबु र जहानपरिवार कसैलाई दिइदैनथ्यो । गल्लाको पछिपछि लाम लागेर जाने युवाहरूलाई पनि कहाँ र किन लगिँदैछ भन्ने बारे केही बताइएको थिएन । श्री ३ महाराजाको हुकुम भनेपछि कसैले सोध्ने हिम्मत पनि गर्न सक्दैनथे । एक्कासी भारतको कुनाघाट ब्रिटिस सैनिक डिपोमा पु¥याएर ‘तिमीहरूलाई लडाइँको लागि ल्याएको हो’ भन्ने कुरा सुनाउँदा ती युवाहरू स्तब्ध हुन्थे ।
यसरी उनीहरूलाई युद्धको तालिम दिएर युद्धको भुमरीमा होमिन बाध्य तुल्याइन्थ्यो । त्यस जमानामा आजको जस्तो सञ्चार माध्यमहरू थिएनन् । लडाइँको मैदानबाट चिट्ठी पठाउन हुकुम पनि थिएन । यसरी वर्षौँसम्म आफ्ना आमाबाबु र घरपरिवारले आफ्ना छोरा र श्रीमान् कहाँ लगिएको छ भन्ने अत्तोपत्तो सम्म नपाउँदा वृद्धअवस्थाका आमाबाबु र परिवारजनहरूको मानसिकतामा कस्तो चोट पुग्यो होला ? अर्कोतर्फ वृद्ध अवस्थामा छाडिराखेका उनीहरूका आमाबाबु र परिवारजनसँग वर्षौँसम्म बेखबर भई भोकभोकै युद्ध लडिरहेकाहरूको मानसिक अवस्था कस्तो भयो होला ? हामी सजिलै अनुमान गर्न
सक्छौँ ।
प्रथम विश्वयुद्ध समाप्त भयो । बेलायतले आफूलाई चाहिने केही गोरखा सैनिकहरू मात्र राखेर बाँकी सबैलाई नेपाल फर्काइदिएको थियो । लडाईंका क्रममा कति मारिए, कति अपाङ्ग भए, कति वेपत्ता भए भन्ने कुराको त कुनै लेखाजोखा नै छैन । जो जो लडाइँबाट जसोतसो बाँचेर आएका थिए, तिनको वीरता र इमानदारिताको कदर गर्दै तलब, पेन्सन वा क्षतिपूर्ति दिनुपर्नेमा बेलायतले रित्तो हात नेपाल पठाइदियो । यतिसम्म कि युद्धमा लागेको घाउको समेत उपचार नगराई नेपाल फर्काइदिएको हृदयविदारक घटनालाई हामी कहिल्यै पनि भुल्न सक्दैनौँ । प्रमाणको लागि बेलायतका पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ मानवअधिकारवादी इयान म्याकडोनल्डको ‘द फर्गटन भेटेरान्स’ हेरे प्रष्ट हुन्छ ।
यसरी जवानी अवस्थामा घर छाड्न बाध्य भएर गएकाहरू वर्षौँपछि घर आइपुग्दा उनीहरूले आफ्नो घरको विजोग र बर्बादी सिवाय केही पनि पाएनन् । वृद्ध अवस्थामा छाडिराखेका आमाबुबा छोराको मुख हेरेर मर्ने इच्छा गर्दागर्दैै परलोक भइसकेका हुन्थे । वर्षौँसम्म आफ्नो श्रीमान् बाँचे या मरेको अत्तोपत्तो नपाएपछि कसैकसैले त घर छाडेर हिँडिसकेका हुन्थे । यी अभागी लाहुरेहरूका घर भत्किएर लथालिंग भइसकेको हुन्थ्यो । एकातिर आफूले छाड्नुअघिको त्यस्तो खुशहाल परिवारको बेहाल देख्नुपथ्र्यो भने अर्कोतिर विश्वमा बहादुर बनेर बेलायतलाई विश्वको सर्वशक्तिमान बनाइदिँदा पनि ऊबाट पशुसरह व्यवहार खेपेर आउनुपर्दा उनीहरूको दशा कस्तो भयो होला ? कसको स्वार्थको निमित्त हामी नेपालीहरूले यस्तो नियति भोग्नुपरेको थियो ? आज प्रत्येक नेपालीले यो प्रश्न गर्नैपर्छ । यसरी नेपाल फर्काइएका प्रत्येक गोरखाहरूका हातमा ‘तीन—तीन महिनामा भारतको कुनाघाटमा आएर रिफ्रेसर तालिम गर्नुपर्छ, युद्ध भयो भने फेरि आउनैपर्छ’ भन्ने व्यहोराको चिट्ठी समेत थमाइन्थ्यो ।
सन् १९३९ को दोस्रो विश्वयुद्धमा पनि बेलायतले दुई लाख पचास हजार नेपाली युवाहरूलाई लगेको थियो । यस युद्धमा पनि माथि उल्लेख गरिएकै शैलीमा गाउँ नै खाली हुने गरी लगेर सामान्य तालिम मात्र दिएर युद्धको भूमरीमा होमेको दृष्टान्त हामी कसैबाट छिपेको छैन । सन् १९४५ सालमा दोस्रो विश्वयुद्ध समाप्त भयो । यीे दुई वटा विश्वयुद्धमा हजारौँ नेपाली मारिएका र घाइते भएका छन्, तर अहिलेसम्म पनि उनीहरूको यथार्थ अवस्थाका सम्बन्धमा पठाउने र लैजाने सरकारहरू रहस्यपूर्ण ढंगले मौन छन् । घर परिवारहरूलाई मारियो वा हरायो भन्ने सम्बन्धमा कुनै खबर दिइएको छैन ।
सन् १९४७ सालमा बेलायतले भारत छोड्ने बेला दोस्रो विश्वयुद्धमा भर्ती गरिएका अढाई लाख गोरखालीहरूलाई तीन देशको बीचमा कुन देशलाई कति भनेर पशुसरह भागबिलो लगाएको पाइन्छ । यसैलाई त्रिपक्षीय सम्झौता भन्ने गरिएको छ । मानवीयता र मानवअधिकारको दृष्टिकोणले मानवलाई यसरी तीन देशको बीचमा भागबिलो लगाउनु कतिको न्यायोचित थियो ? यो एउटा गम्भीर प्रश्न हो । यो तथाकथित सन्धिलाई ३० सेप्टेम्बर २००८ मा बेलायतको रोयल कोर्ट अफ जस्टिसका न्यायधीसहरूको फुल बेञ्चले गैरकानुनी भनी खारेज गरिदिएको छ । यस समाचारलाई विविसी, सिएनएन, अलजजिरा जस्ता विश्वका प्रख्यात मिडियाले प्राथमिकताका साथ प्रचार गरे, तर बेलायतस्थित विविसी नेपाली सेवाले उति महत्वको ठानेन । विश्वकै उत्कृष्ट सदन भनी मानिएको बेलायती सदनका सांसद र नेपालको लोकतान्त्रिक सदनका सांसदहरूले पनि यस सम्बन्धमा कुनै चर्चा गरेनन् । यो पनि अति रहस्यको विषय हो । बरु उनीहरूले यसै अवैधानिक सन्धिका जगमा उभिएर मित्रताको दुई सयौँ वर्षगाँठ मनाइरहेका छन् ।
यही सन्धिको नाममा बेलायतको भागमा पारिएका गोरखाहरूलाई मलायामा लगियो । सन् १९४८—१९५६ सम्म मलायाका कम्युनिष्ट गुरिल्लाहरूको विरुद्ध युद्ध लडाइयो । १९६२ मा बु्रनाइको जनविद्रोह दबाइसकेपछि इण्डोनेसियाविरुद्ध युद्ध लड्न प्रयोग गरियो । सन् १९६८ मा इण्डोनेसिया र मलेसियाबीच मेलमिलाप भए लगत्तै ७० को दशकमा ब्रिटिसलाई आवश्यक परेका केही गोरखा सैनिकहरू राखी बाँकी सबैलाई कटौती गरेर उसको नोकरीको अवधि हेरी रु. ५ हजारदेखि रु. ९ हजारसम्म दिएर नेपाल फिर्ता पठायो । यो रकम बेलायतको राजकीय कोषबाट दिएको नभई गोरखा अपिल फन्डको नाममा स्वयम् गोरखा र तिनका श्रीमतीहरूलाई विश्वसँग चन्दा उठाउन लगाएर उठेको रकमबाट दिइएको
थियो ।
बेलायतले नेपालीहरूलाई मानव तस्करी गरेर पैसा कमाउँछ
दुई सय वर्षसम्मको इतिहासलाई सरसर्ती अध्ययन गर्दा बेलायती शासक वर्गले नेपाली युवाहरूको तस्करी गरेको देखिन्छ । दुबै मुलुकका शासकहरुको मिलेमतोमा उनीहरुलाई बेलायती सेनामा लगेर युद्धको तालिम दिएको र ब्रिटिस गोरखा सिपाहीको ट्याग लगाईदिएर विश्वलाई ढाँट्दै तेस्रो राष्ट्रको सार्वभौमिकता विरुद्ध आक्रमण गर्न लगाएको छ । प्रमाणको लागि हाल अफगानिस्तानको सार्वभौमिकता विरुद्धको युद्धमा गोरखालाई प्रयोग गरिरहेको छ । तर यी गोरखाहरूलाई बेलायतले उसको राजस्वबाट खर्च हुने गरी लगेको होइन बरु आफ्नो स्वार्थ पूर्ति गर्ने र गोरखालाई देखाएर मुनाफा गर्ने नियतले लगेको हो । अर्को उदाहरणका रुपमा बु्रनाइमा राखिएको एक बटालियन गोरखालाई लिन सकिन्छ । त्यहाँ गोरखा राखेवापत् बु्रनाइ सुल्तानबाट वर्षेनी करोडौंैँ पाउण्ड असुल गरी बेलायती ढुकुटीमा थुपार्ने गर्दछ । युद्धका बेला निर्दोष नेपाली युवाहरूलाई हजारौँको संख्यामा भर्ती गरी गोरखा सैनिक बनाएर युद्धको भुमरीमा होमिन्छ । र, उनीहरूको अदम्य साहसलाई विश्वभर प्रदर्शन गरेर बेलायतले ब्रम्हलुट गरेको हुन्छ । यी युवाहरूको ऊर्जाशील शक्तिलाई बेलायत सरकारले आर्थिक मुनाफा गर्ने साधनको रुपमा मात्र प्रयोग गरेको हो । युद्ध सकिएपछि उनीहरुलाई सहानुभूतिसम्म पनि नदेखाई रित्तो हात नेपाल पठाइएको इतिहास कसैबाट छिपेको छैन । यसरी बेलायतले मानव तस्करी गरी गोरखाहरूलाई नक्कली सैनिक बनाएर विश्वलाई ढाँटी तेस्रो राष्ट्रको सार्वभौमिकता विरुद्ध युद्ध लड्न बाध्य तुल्याएको अभियोगमा अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्छ ।
वीर शमशेरको उर्दी
नेपाली युवाहरूलाई बेलायती सेनामा कसरी पठाइन्थ्यो भन्ने सम्बन्धमा वीर शमसेरको उर्दी हेरे पुग्छ । श्री ३ महाराज वीर शमसेरको पालामा जनजातिका ५३ हजार युवाहरू पठाइदिनू भनी अंग्रेजले अनुरोध गर्दै चिट्ठी पठाएको थियो । त्यही अनुरुप वीर शमसेरले ५३ हजार युवाहरू जम्मा गरी पठाउनू भनी गाउँगाउँमा गल्लावालाहरू खटाइ पठाएका थिए । एक महिनापछि, खटिएका गल्लावालले जनजातिबाट यति धेरै युवा पु¥याउन सकिएन भन्ने जाहेरी दिएपछि वीरशमशेरले हाम्रा मित्र अंग्रेजले पठाइदिनू भनेपछि हामीले पठाउनैपर्छ, जनजाति युवाहरू पुगेनन् भने खस—क्षेत्री लगायतका अन्य जातिबाट पनि पठाउनू भन्ने उर्दी गरेको इतिहास साक्षी छ । त्यसपछि मात्र खस क्षेत्री बाहुन लगायत अन्य जातिहरूलाई पनि बेलायती सेनामा लान सुरु गरिएको थियो । तत्कालीन सरकारले आफ्ना नागरिकहरूलाई यस्तो राष्ट्रघाती परम्परा र संस्कार नबसालिदिएको भए अहिले कुनै पनि नेपाली युवाहरू बेलायती सेनामा छाती नाप्न जाने थिएनन् ।
सन् १९४७ सालभन्दा पूर्व गोरखाहरूलाई यसरी शोषण गरिन्थ्यो
सन् १९४७ सालभन्दा पूर्व गोरखाहरूलाई बेलायती सैनिकहरूले पाउने तलब, भत्ता, पेन्सन केही पनि दिइएको थिएन । उनीहरूलाई विना पारिश्रमिक लडाइएको थियो । सन् १९४८ मा मलायामा लगिएका गोरखाहरूको लागि बेलायतले छुट्टै नियम बनायो । जसलाई गोरखा पोलिसी भनिन्छ । गोरखा पोलिसी अन्तर्गत गोरखाहरूलाई केही तलब र पेन्सनको व्यवस्था गरियो, जसमा गोरखाहरूले बेलायती सार्वभौम, राजमुकुट र जनताप्रति वफादार भई सेवा गर्नुपर्ने तर उनीहरूले पाउने तलब र पेन्सन नेपालको जीवनस्तर हेरी दिइने ब्यवस्था गरिएको थियो । गोरखाहरूमाथि विभेद र शोषण थियो भन्ने कुरा प्रष्ट हुन्छ । बेलायत जस्तो मानवअधिकारको जननी मानिने देशले यस्तो विभेदकारी नीति बनाउन के बेलायती सदनका सांसदहरूले सुहाउने कुरा हो ?
बेलायती सेनामा गोरखा पोलिसी भनेको के हो ? के बेलायतको संसदले आफ्ना राष्ट्रसेवक सैनिकहरूलाई पनि उसको रंग र देश हेरी फरक—फरक नियमकानुन बनाउँछ ? के विश्वकै उत्कृष्ट संसद भनी मानिएको संसदले रंगको आधारमा यस्तो विभेदपूर्ण नीति बनाउन मिल्छ ? यो त सामान्य नैतिकताले दिने कुरासम्म पनि होइन । हामी प्रश्न गरौँ, यदि यस्तो विभेदकारी नियमकानुन बेलायती संसदले बनाएको हो भने त्यो संसद जातिवादी संसद हो । यदि यो गोरखा पोलिसी यो संसदले बनाएको होइन भने गोरखा ब्रिगेडलाई अवैधानिक संस्था मान्नु पर्ने हुन्छ । यस्तो संस्थामा भर्ती गरेर युद्धमा लानु सरासर युद्ध अपराध हो ।
बेलायती सेनामा गोरखाहरूलाई कसरी शोषण गरिन्थ्यो ?
 एक जना गोरखा सिपाहीलाई मासिक तलब मलायन डलर ४२ दिइन्थ्यो भने उही दर्जाको गोरा सिपाहीलाई ८ सय डलर भन्दा ज्यादा ।
 गोरा सिपाहीको मेस र किनमेल गर्ने दोकानमा गोरखाली सिपाहीलाई जान प्रतिबन्ध लगाइएको थियो । यसै गरी गोरा अफिसरहरूको मेस र किनमेल गर्ने दोकानमा गोरखा अफिसरहरूलाई प्रतिबन्ध लगाइएको थियो ।
 बजार जाँदा गोरा भेट्ने बित्तिकै चाहे त्यो सर्वसाधारण किन नहोस् गोरखालीहरूले उसलाई सलुट गर्नैपर्ने हुकुम थियो । तीस वर्ष नोकरी पुगेको गोरखा मेजरले सेकेन्ड लेफ्टिनेन्ट गोरालाई सलुट गर्नुपथ्र्यो ।
 गोरखा सिपाहीहरूले गोरा साहेबहरूका कुकुरलाई समेत नुवाइधुवाइ गरिदिनुपथ्र्यो । गोरखाली सिपाहीका श्रीमतीहरूलाई बाहिर हिँड्डुल गर्न मनाही गरिन्थ्यो । उनीहरूलाई गोरा मेम साहेबनीहरूका लत्ताकपडा धुन लगाइनुका साथै मेम साहेबनीहरूलाई घण्टौँसम्म मालिस गरिदिनुपथ्र्यो ।
 गोरखाली सिपाही र अफिसरहरू कसैलाई पनि अंग्रेजी लेख्न र बोल्न प्रतिबन्ध लगाइएको थियो । त्यसैले १९९७ पूर्वका कुनै पनि गोरखा सिपाही वा अफिसरहरू अंग्रेजी बोल्न र लेख्न जान्दैनन् ।
 ३० सेप्टेम्बर २००८ भन्दा अघि पेन्सन आएका कुनै पनि गोरखाहरूलाई बेलायत जाने अनुमति थिएन । यो भन्दा पूर्वका गोरखा सैनिकलाई बेलायती सैनिक सेवामा समावेश गरिएको थिएन । उनीहरूको हैसियत भनेको चौकीदारको थियो । ३० सेप्टेम्बर २००८ को रोयल कोर्ट अफ जस्टिसका माननीय न्यायधीसहरूको फैसलाबाट मात्र नेपालमा आएका सबै गोरखाहरूलाई बेलायत जाने ढोका खोलेको हो, र यसै फैसलाले गर्दा हाल नोकरी गरिरहेका गोरखालीहरूलाई बेलायती सैनिक सेवामा समावेश गरेको छ ।
गोरखाहरूमाथि बेलायतले गरेको व्यवहार अफ्रिकीहरूलाई सिक्रीले बाँधेर पानीजहाजमा कोचेर युरोप अमेरिकामा जबर्जस्ती ल्याएर कमारो बनाइएका क्रूर घटनाहरूभन्दा रत्तिभर फरक थिएन ।
गोरखा सैनिकहरूको सेवा वैधानिक थिएन
गोरखाहरूको सेवा वैधानिक थिएन भन्ने कुराको पुष्टि तथाकथित हवाई काण्डको घटनाले गर्दछ । त्यस काण्डमा एकजना मेजरसँग सामान्य वादविवाद हुँदा उसको सनकको भरमा १ सय ११ जना गोरखालाई बर्खास्त गरी नेपाल फर्काइएको थियो । यस्तो संवेदनशील घटनामा बेलायत र नेपालको सदनमा कुरा नउठ्नुले यो सेवा वैधानिक थिएन भन्ने प्रष्ट हुन्छ ।
१३ जना गोरखालीलाई सेनाको सर्वोत्कृष्ट युद्धपदक भिक्टोरिया क्रस (भिसी) दिइयो, तर कुनै पनि भिसीलाई ब्रिटिस सैनिक सेवाको तलब र पेन्सन दिइएन । हाल १३ वटै भिसी तक्माहरू गोरखा ब्रिगेडका अफिसरहरूले भिसीहरूको घरघरमा गई ललाईफकाई फेरि सित्तैमा बेलायत लगिसकेका छन् । भिसी दिने तर तलब र पेन्सन नदिने यो कस्तो खालको सेवा हो ?
हाम्रो मौलिक संस्कार र आस्थामाथि कसरी अतिक्रमण गरियो ?
हामी हिन्दू होइनौँ भन्ने कुरा दुवै देशका शासकहरूलाई राम्ररी थाहा थियो । हाम्रो आफ्नै धर्म, विशिष्ट प्रकारको परम्परा र संस्कार थियो, तर बेलायतले लगेको दिनदेखि हामीलाई आधिकारिक रुपमा हाम्रो इच्छा विपरित हिन्दू गोरखा भनी बलजफ्ती ट्याग लगाइदियो । हाम्रो मौलिक संस्कार र आस्थालाई निमिट्यान्न पार्न जन्मदेखि मरणसम्मको कर्मकाण्ड गर्नको निमित्त हाम्रो इच्छा विपरीत हिन्दु पुरेत राखेर हिन्दु मन्दिरमा लगेर संस्कार गर्न र पशुको पिसाब खान लगाइयो ।
हाम्रो मातृभाषालाई निमिट्यान्न पार्न हामीलाई रोमन गोरखालीमा लेख्न र पढ्न बाध्य बनाइयो । यसले गर्दा अहिले हामी र हाम्रा सन्ततिहरू न त हाम्रो मातृभाषामा शुद्ध बोल्न र लेख्न सक्दछौँ, न त हामीले सेवा गरेको मुलुकको कामकाजी भाषा अंग्रेजी बोल्न र लेख्न सक्दछौँ । हामी मंगोल नश्लका जातिहरूको नाममा कहिल्यै पनि ‘बहादुर’ जोँडिदैन । हाम्रो वास्तविक पहिचानलाई निमिट्यान्न पार्न हाम्रो नाममा बहादुर थपिदियो ।
हाम्रो ऐतिहासिक पहिचानको हतियार खुकुरीलाई दुरुपयोग गर्दै विश्वभर ब्रिटिसको दुश्मनलाई तर्साउन प्रयोग गरियो । हामीलाई आफ्नो मातृभूमिको मायाबाट जबर्जस्ती छुटाएर बेलायती सेनामा जाने संस्कार र परम्परा बसालिदिएर ब्रिटिशभक्त हुन बाध्य तुल्याइयो ।
आज हामी र हाम्रा सन्ततिहरू संस्कार संस्कृतिविहीन भएका छौँ, र दुवै देशका शासकहरू मिलेर हामीलाई राष्ट्रविहीन बनाइदिएका छन् । बेलायतको सेवाबाट फर्केपछि संसारमा जहाँ गए पनि चौकीदारी भन्दा अरु काममा योग्य नहुने बनाइदिएको छ । अब हामी र हाम्रा सन्ततिहरू हाम्रो त्यो जमानाको हराभरा गाउँबस्तीमा जान चाहेर पनि जान नसक्ने अवस्थामा पुगेका छौँ । हामीलाई जिन्दगीभर शिर ठाडो पार्न नसक्ने गरी बेलायत वा नेपाल जहाँ बसे पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने अवस्थामा पु¥याइएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि हामीलाई दुवै देशका शासकहरूको मिलेमतोमा संस्कारविहीन बनाएर पहाडबाट विस्थापित गर्ने षड्यन्त्र नै थियो । यसरी दुबै मुलुकका शासकले हामीलाई यस हालतमा पुर्याइदिएको अभियोगमा उनीहरुलाई अन्तर्राष्टिय अदालतमा उभ्याउनै पर्छ र पीडित पक्षलाई न्यायको अनुभव गराउनै पर्छ ।
बेलायतमा बसोबास गरिरहेका वृद्धअवस्थाका गोरखा परिवारहरूको स्थिति कस्तो छ ?
हाल बेलायतमा बसोबास गरिरहेका वयोवृद्धहरूलाई त्यहाँका सांसदहरूले मेरो चुनावी क्षेत्रमा बसेर यी वृद्धहरूले फोहोरमैला गरे, अन्यत्रै सार्नुपर्छ भन्दै छिःछिः दुरदुर गर्दैछन् भने वर्तमान डेभिड क्यामरुनको सरकारले भत्ता खाएर बस्ने यी वृद्धहरू एक महिनाभन्दा ज्यादा बेलायत बाहिर बसे भने खाइपाइ आएको भत्ता कटौती गरिदिन्छु भनी उनीहरूको मानसिकतामा आघात पु¥याइरहेका छन् । हामीले दुई दुईसय वर्षसम्म उनीहरूको फोहोर सफा गरेर चिटिक्क बनाइदिएको इतिहासलाई बिर्सेर अहिले हाम्रा वृद्ध र अशक्त गोरखाहरूलाई फोहोरी भनी संसदमा चर्चाको विषय बनाउनु उचित हुन्छ ? यो कृतघ्नताको पराकाष्ठा हो भन्ने हामी ठान्दछौँ ।
दोस्रो विश्वयुद्धपछि नेपाल किन गरिब हुँदै गयो ?
विश्वको विकास दोस्रो विश्वयुद्धपछि दु्रत गतिले अघि बढ्यो । भारत र चीनको विकास पनि दोस्रो विश्वयुद्ध पछि नै भएको हो । सन् १९४५ सालसम्म विदेशीको एक पैसा पनि ऋण नभएको साधन र स्रोतले त्यति सम्पन्न देश नेपाल किन र कसरी गरिब हुँदै गयो ? विश्व शान्तिका अग्रदूत गौतम बुद्धको भूमि र सगरमाथा लगायतका विश्वका आठवटा सबैभन्दा अग्ला हिमचुचुरा भएको देश नेपाल कसरी सबैभन्दा गरीब मुलुकहरुको सूचीमा पर्यो ? कोशी गण्डकी र कर्णाली जस्ता हजारौं नदीनाला र जलस्रोतको धनी नेपाल कसरी विश्वमै दरिद्र मुलुकमा बदलियो ? जैविक विविधता, जडीबुटी र तालतलैया जस्ता प्राकृतिक स्रोतले सम्पन्न देश नेपाल कसरी मगन्ते हुन गयो ? यसको सही उत्तर हो— नेपाली शासकले आफ्ना ऊर्जाशील हट्टाकट्ठा युवाशक्तिलाई बेलायती सेनामा पठाउनु ।
त्यतिखेर गाउँका गाउँ नै रित्तो हुने गरी युवाहरूलाई युद्धमा नपठाएको भए भारतमा स्वतन्त्रता र अधिकारको लागि जनआन्दोलन हुँदा त्यो आन्दोलनको लहर नेपालमा पनि आउने थियो । चीनमा माओले क्रान्ति गर्दा त्यो क्रान्तिको लहर नेपालमा पनि आउने थियो, र निरंकुश जहाँनिया राणा शासनको उतिबेलै अवसान भइसक्ने थियो । जसरी सारा विश्व दोस्रो विश्वयुद्धपछि विकासको बाटोमा दु्रत गतिले अघि बढ्यो, त्यही बाटोमा हामी पनि बढ्ने थियौँ, र अहिले नेपाल विश्वकै सम्पन्न मुलुकहरूमध्येमा पर्ने थियो । नेपाल दुई विशाल छिमेकी मुलुक चीन र भारतको बीचमा एउटा गतिशील पुलको रुपमा स्थापित भइसकेको हुने थियो । मंगोल नश्लका जातिले मौका पाए भने कसरी विकास गर्छन् भन्ने उदाहरण चीन, जापान र कोरियाले विश्वलाई देखाएका छन् । त्यतिखेर हाम्रा पुर्खाहरूलाई बेलायती सेनामा नपठाएको भए आज नेपाल एशियाको फूलबारी हुन्थ्यो । विश्वको एक उदाहरणीय मुलुकको रुपमा स्थापित भइसक्ने थियो । देश विकास गर्ने युवाशक्तिले नै हो । न त बालक, न त वयोवृद्धले । जुन बेला नेपालको कुल जनसंख्या ५५ लाखको हाराहारीमा थियो, त्यति न्यून जनसंख्या भएको बेला गाउँ नै खाली हुने गरी ऊर्जाशील युवाशक्तिलाई आफ्नो निजी स्वार्थको लागि विदेशीलाई बेचेपछि देशको विकास कसले गर्ने ? त्यसैले आजको नेपालको दुरावस्थाको जिम्मेवारी जहाँनिया राणा शासक र अंग्रेजले लिनैपर्छ ।
विश्व बैंक र नेपाल सम्बन्धी अध्ययन गर्ने विज्ञहरूले नेपाललाई के को आधारमा विश्वका सबैभन्दा गरिब देशहरूको सूचीमा राखेका हुन् ?
जुन देशलाई सन् १९४५ सालसम्म विदेशीको एक पैसा ऋण थिएन, खाद्यान्न निर्यात गथ्र्यो, आत्मनिर्भर अर्थतन्त्र थियो, चलनचल्तीको मुद्रा चाँदीको थिया, नेपाली मुद्रा र बेलायती पाउण्डको मूल्य बराबर थियो भने त्यो देश कसरी तन्नम गरिब भयो ? सारा विश्वको विकास १९४५ सालको दोस्र्रो विश्वयुद्ध पछि हुने, अनि साधन र स्रोतले सम्पन्न र कला संस्कृतिले समृद्ध देश नेपालको अधोगति हुँदै अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ? यसबारे गहन खोजीनीति नै नगरी अनि नेपालको वास्तविक इतिहासको अध्ययन नै नगरी नेपाललाई तन्नम गरिबको सूचीमा राख्नु नेपाल सम्बन्धी अध्ययन गर्ने विद्वान्हरूको बौद्धिकतामा खडेरी पर्नु हो । नेपालको सही इतिहास लेख्ने हो भने बेलायती सेनामा पठाउनुपूर्व नेपाल र नेपालीको जीवनस्तर कस्तो थियो र बेलायतले उनीहरूलाई लान सुरु गरेपछि हरप्रकारले सम्पन्न यी जातिका गाउँहरू कसरी उँधो लाग्न थाले भन्ने कुराको सत्यतथ्यको अध्ययनै नगरी कसैले हचुवाको भरमा लेखेको इतिहासलाई सही ठानेर निश्कर्ष निकाल्नुको कुनै औचित्य छैन । यदि त्यो जमानामा हाम्रा पितापुर्खाहरूलाई युद्धमा नहोमेको भए आज हाम्रो देश नेपाल विश्वकै धनी देशहरूको सूचिमा हुने थियो । यो कुरा बेलायत र नेपालका विद्वान, अर्थविद् र इतिहासकारहरूले राम्रोसंग छानबीन गरेर मात्र निस्कर्षमा पुग्नुपर्छ । दुर्भाग्यवश, अन्तर्राष्टिय क्षेत्रमा कहलिएका अर्थशास्त्रीहरुले विश्वबैंककै मिथ्यांकलाई सदर गर्दै नेपाललाई अति गरीब मुलुक बनाउन लागिपरेका छन् ।
हरेक नेपालीले गेसो आन्दोलन र साल्मेडाँडाको महत्व बुझ्नुपर्छ
पूर्वका राई लिम्बु र पश्चिमका केही गुरुङ र मगरहरूलाई सुविधा बढाइपाऊँ भन्ने आशयले गेसो आन्दोलनको होइन । बरु दुई सय वर्षसम्म ऊर्जाशील नेपाली युवाहरूले बेलायतकोे बन्दुक बोकेर नेपालका मित्रराष्ट्रका विरुद्ध लड्दै हिँडे वापत् हामी र हाम्रो राष्ट्रले के पायौँ, र के गुमायौँ भन्ने सम्बन्धमा नै केन्द्रित रहेर हामीले गेसो आन्दोलनको सुरुवात गरेका हौँ । राष्ट्रले गर्नुपर्ने यति महत्वपूर्ण काम लाहुरेहरूको यति सानो संगठनले गरेको छ । गेंगठनकासोले आन्दोलन र कानुनी लडाईंका लागि चाहिने खर्च आफ्नै वर्गहरूबाट उठाएको हो । हामीले अहिलेसम्म बेलायतसँग झुकेर कुनै प्रकारको माग राखेका छैनौं । हामीले एक पेशागत संगठन भएर पनि सडक, सदनदेखि बेलायती अदालतमा वैधानिक तथा न्यायिक लडाइँ लडेर वर्षौँदेखि शोषणमा परेका गोरखाहरूलाई अधिकार दिलाएर देशमा अरबौँ रुपैयाँ भित्र्याएका छौँ । नेपालीको स्वाभिमान र राष्ट्रिय छविलाई विश्वसामु उच्च बनाउने प्रयास गरिआएका छौँ । विश्वको सामु हामीले राष्ट्रिय स्वाभिमानको प्रश्न उठाएका छौँ र जबर्जस्ती अंग्रेजभक्त बनाइएका गोरखाहरुको राष्ट्रिय स्वाभिमान फिर्ता गर्ने प्रयास गरेका छौं ।
त्यसैगरी हरेक नेपालीले साल्मेडाँडाको योजनाको महत्वलाई बुझ्नुपर्छ । यो गोरखा स्मारक पार्कले नेपालीहरूले थाहा पाउनुपर्ने तर अहिलेसम्म नेपाल र बेलायती शासकहरूले थाहै नदिई लुकाएको इतिहासको पोल खोल्छ । विश्वले बुझ्नुपर्ने तर अहिलेसम्म नुबझेको तथ्यलाई साल्मेडाँडाले बुझाउनेछ । साल्मेडाँडाले विश्वसामु नेपाल बर्बाद हुनुका पछाडि रहेका कारणहरु बताउनेछ र त्यसका पछाडि कसको हात थियो भन्ने प्रष्टसंग देखाउने छ । तसर्थ साल्मेडाँडाको यो बहुआयामिक तथा ऐतिहासिक महत्वको योजनाको निर्माण कार्यमा विश्वभर छरिएर बसेका नेपालीहरू एकजुट हुनु आवश्यक छ । तन, मन र धनले सहयोग जुटाई यस योजनालाई सम्पन्न गर्नु हाम्रो कर्तव्य हो । यसले विश्वको सामु नेपाल र नेपालीको गौरव बढाउनेछ ।
बेलायतले उपनिवेश बनाएका देशहरू
बेलायतले आफूले विश्वभर उपनिवेश बनाएका कतिपय देशहरूलाई शिक्षा र पूर्वाधार विकासको बाटोतिर पनि डो¥याइदियो । तर विडम्बनाको कुरा उसको दुई सय वर्ष पुरानो मित्र मुलुक नेपाल र नेपालीलाई भने शताब्दीऔँदेखि दास बनाउँदै नेपालीहरूको जवानी र इमानदारितामा चरम शोषण गर्दैै नेपाल र नेपालीको शिरलाई ठाडो गर्न नसक्ने अवस्थामा पु¥याइदियो । यस्तो मित्रताको के अर्थ रहन्छ ?
नेपालीहरूले हामी गरिब भयौँ भनेर विदेशीसँग ऋण माग्ने होइन । हामीले फाँसीवाद, सैन्यवाद, नाजीवादको विरुद्ध युद्ध लडेर विश्वलाई शान्ति दिलाइदिएका छौँ । त्यसैले हामीले गरेको बलिदान र पसिनाको हरहिसाब खोज्ने हो । बेलायतको समृद्धि र भव्य महलका इँटाइँटा हाम्रो रगत र पसिनाले भिजेको छ, र बेलायतको आजको चुरीफुरी हाम्रो बलिदानमाथि अडेको छ । बेलायतसँग नेपालीले हरहिसाब खोज्न धेरै टाढा पनि जानुपर्दैन । अहिलेलाई सन् १९४५ सालभन्दा पूर्वको हरहिसाब हामीले नखोजे पनि सन् १९४८ देखि सन् १९९७ सालसम्म गोरखाहरूलाई मलाया, हङकङ, सिंगापुर, बु्रनाइमा राखेर ती देशहरूबाट गोरखाहरूको नाममा बेलायत सरकारले के कति रकम असुल गरी बेलायतको ढुकुटीमा थुपारेको छ ? त्यसको हिसाब मात्र खोजेमा हाम्रा लागि पर्याप्त हुन्छ ।
गोरखा स्मारक पार्क किन ?
पहिलो, विश्वयुद्ध लगायतका अनेकौँ युद्धहरूमा नेपालका १९ जातजातिका साठी हजार भन्दा ज्यादा मारिएका छन् । बेलायत सरकारले सम्बन्धित परिवारलाई मारिएको वा वेपत्ता भएको बारे कुनै खबर दिएको छैन । खबर नपाएपछि काजकिरिया गर्ने कुरा पनि भएन । हाम्रा विशिष्ट सामाजिक मान्यता र विश्वास अनुसार मरेका वा मारिएकाहरूलाई आफ्ना जातीय संस्कार अनुसारको काजकिरिया गरिएन भने उनीहरूको आत्मा काँचो वायुको रुपमा भौँतारिरहेको हुन्छ, र आफ्नो परिवार र समाजलाई पिरोलिरहन्छ ।
त्यसैले काँचो वायुको रुपमा भौँतारिरहेका आत्मालाई स्वदेशी भूमिमा नै बोलाएर स्वर्ग तार्ने उद्देश्यले गेसोको नेतृत्वमा २०६९ साल मंसिर ५ गतेदेखि तीन दिन सम्म विशेष संस्कार कार्यक्रम सम्पन्न गरियो । त्यस अवसरमा १९ जातका धर्म गुरु र १९ जातकै कन्याहरूद्वारा आ—आफ्नो जातीय संस्कार र विधिविधान अनुरुप काजकिरिया गरिएको थियो । सबै धर्मगुरुहरूले सामुहिक रुपमा विदेशी भूमिमा भौँतारिरहेका आत्मालाई स्वदेशी भूमिमा ल्याएर स्वर्ग तारेको घोषणा गर्नुभएको थियो, र यस भूमिलाई विश्व शान्तिको निमित्त युद्ध लड्दा जीवन बलिदान गरेका गोरखाहरूको पवित्र तीर्थस्थल भनी घोषणा गर्नुभएको छ । यसको शिलान्यास नेपालका ख्यातिप्राप्त कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभएको हो । आफ्ना पितापुर्खाको सम्मान गर्ने नेपाली परम्परा हो, र यही पवित्र उद्देश्यको लागि गोरखा स्मारक पार्कको परिकल्पना गरिएको हो ।
दोस्रो, नेपालीहरू जर्मन, जापान, अर्जेण्टिना र अफगानिस्तान लगायतका नेपालका मित्रराष्ट्रका नागरिकहरूका विरुद्ध किन र कसको स्वार्थको निमित्त लड्नुपरेको थियो ? कसको निमित्त हामी बहादुर बनेका थियौँ ? कसको निमित्त जीवनको बलिदान गरेका थियौँ ? विश्वले शान्ति पायो, तर हामी र हाम्रो देशले के पायौँ ? सर्वस्व गुमाउनु बाहेक हामी र हाम्रो राष्ट्रले केही पनि पाएन । हामी केका लागि र कसको स्वार्थको लागि युद्ध लड्नु परेको थियो भन्ने प्रश्न हरेक नेपालीले बेलायतलाई सोध्ने थलो बनाउनको लागि पनि यो योजनाको आवश्यकता थियो ।
तेस्रो, १९ जातजातिका साठी हजार भन्दा ज्यादा नेपालीहरूलाई कहाँ लगेर मारियो ? अहिले उनीहरू कुन अवस्थामा छन् ? मरेका भए उनीहरूको चिहान कहाँ छ ? उनका परिवारहरूलाई बेखबर किन पारियो ? अब बेलायत सरकारलाई हरेक नेपालीले औँलो ठड्याएर यी प्रश्नहरू सोधून् भन्ने थलो बनाउनको लागि पनि साल्मेडाँडाको परिकल्पना गरिएको हो ।
दुई सय वर्षसम्म गोरखालीहरूमाथि गरेको दुव्र्यवहार सम्बन्धमा बेलायत सरकारले इमानदारीपूर्वक सम्पूर्ण नेपालीलाई सत्यतथ्य उत्तर दिने साहस गर्नुपर्छ । जबसम्म हामीले चित्तबुझ्दो उत्तर पाउँदैनौँ, तबसम्म बेलायतलाई चैनसँग बस्न नदिनको लागि पनि यो योजनाको परिकल्पना गरेका हौँ । यस्तो ऐतिहासिक र पवित्र योजनाको लागि नेपाल सरकारले पनि केही आर्थिक सहयोग गरेर ऐक्यबद्धता जनाइदिन उपप्रधानमन्त्री वामदेम गौतममार्फत् सुशील कोइरालाको सरकारसमक्ष आर्थिक सहयोगको अनुरोध गरेका थियौँ । तर सरकारले आर्थिक सहयोग गर्न मानेन । यसका पछाडि दुईटा कारण हुन सक्छन् । कि त सरकारले यसको महत्व नै बुझेन, कि त बेलायतसँग डरायो ।
नेपाल र बेलायत सरकारले मनाइरहेको उत्सव के का लागि ?
नेपाली युवाहरूलाई बेलायती सेनामा लगेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा दुवै देशका सरकारहरूले हर्षोल्लास मनाइरहेका छन्, तर दुई सय वर्षसम्म बेलायतको सेवा गरेवापत् देशलाई के फाइदा भयो ? आफ्ना नागरिकलाई के कस्तो सन्धि सम्झौतामा पठाएको हो भन्ने जस्ता संवेदनशील विषयमा दुवै देशका सरकार र संसदहरू मौन छन् । युद्धमा मारिएका, हराएका, घाइते भएका हजारौँ नेपालीहरूको अवस्थाबारे केही बोलेका छैनन् । गाईजात्रा जस्ता योे खुशीयाली मनाउनु भनेको आफ्ना बेखबर पारिएका पीडित परिवारका पीडा र आँसु तथा युद्धमा मारिएका योद्धाहरूका पसिना र रगतमाथिको रजाइँ हो भन्ने हामीले ठानेका छौँ ।
नागरिकताबारे
हामी चाहे नेपाल बसौँ वा बेलायत हाम्रो इच्छाको कुरा हो । हामी जहाँ बसेता पनि जन्मभूमि नेपाल र कर्मभूमि बेलायतको नागरिकता पाउनु हाम्रो नैसर्गिक अधिकार हो । यदि नेपालको संविधानले दुई देशको नागरिकता लिन मिल्दैन भन्छ भने नेपालको संविधानको कुन धारा अन्तर्गत दुई सय वर्षसम्म नेपाली नागरिकलाई विना कुनै सन्धि सम्झौता बेलायती सैनिक सेवामा पठाइएको हो भन्ने जवाफ पनि खोज्नै पर्छ । पोखरा उपमहानगरपालिका स्थित वडा नं. १६ मा ब्रिटिस सैनिक क्याम्प राखिएको छ । यो क्याम्पबाट नेपाली युवाहरूलाई वर्षेनी भर्ती गर्दै बेलायती सेनामा पठाइन्छ । यो नेपालको संविधानको कुन धारा अन्तर्गत पर्छ ? अफगानिस्तानजस्तो सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नागरिक विरुद्ध लड्न नेपाली युवाहरूलाई पठाइएको छ । नेपालको संविधानको कुन धारा अन्तर्गत मित्रराष्ट्र अफगानिस्तानमा त्यसरी लड्न पठाइएको हो भन्ने उत्तर पनि खोज्नुपर्ने हुन्छ । त्यसैगरी एक बटालियन गोरखा बु्रनाइमा राखेर वर्षेनी बेलायत सरकारले बु्रनाइबाट अरबौँ पाउण्ड असुल गर्छ, गोरखालीको नाममा असुल गरेको रकम कुन देशको राजस्वमा जान्छ ? र यी गोरखाहरूलाई संविधानको कुन धारा अन्तर्गत त्यहाँ राखिएको हो ?
हामी बेलायत सरकारसँग पनि प्रश्न गर्न चाहन्छौँ । हामी बेलायत बसौँ वा बेलायत बाहिर । त्यो हाम्रो इच्छाको कुरा हो । हामी जहाँ बसे ता पनि त्यहाँको काउन्सिलबाट खाइपाइ आएको भत्ता लगायतका हरप्रकारको सुविधा पाउने हाम्रो नैसर्गिक अधिकार हो । किनभने हामी त्यहाँ शरणार्थी बनेर गएका होइनौँ । बेलायत हाम्रो कर्मभूमि हो । यदि बेलायतको कानुनले एक महिनाभन्दा ज्यादा वा नेपाल बसेमा खाइपाइ आएको भत्ता लगायतका सुविधा दिन मिल्दैन भन्छ भने दुई सय वर्षसम्म एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रका स्वतन्त्र नागरिकलाई बेलायत वा अन्तर्राष्ट्रिय कुन कानुनको आधारमा बेलायती सेनामा भर्ती गरी तेस्रो राष्ट्रको सार्वभौममाथि बेलायती युनिफर्म लगाएर हमला गर्न पठाइएको हो ? यो सरासर मानव तस्करी र मानव व्यापार हो । हाम्रो स्वाभिमानलाई तेस्रो राष्ट्रको विरुद्ध प्रयोग गरेर मुनाफा कमाउने अधिकार बेलायतले कहाँबाट पायो ? जबसम्म दुई देशका सरकारले हाम्रा यी प्रश्नहरूका सही खाले उत्तर दिँदैनन्, तबसम्म हाम्रो जन्मभूमि र कर्मभूमिको नैसर्गिक अधिकारलाई खोस्ने अधिकार दुवै देशका सरकारलाई हुँदैन ।
नेपाल र बेलायतका परराष्ट्रमन्त्रीहरूको खुशीयाली के का लागि ?
हालै नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बेलायतमा गएर उहाँका समकक्षी मन्त्रीसँग सँगै बसेर बडो खुशी मनाउँदै स्याम्पेन र ह्विस्कीको चुस्की लिँदै मनोरञ्जन गरिरहेको दृश्य देख्न पाइएको थियो । मन्त्री महोदय, यो खुशीयाली के को उपलक्ष्यमा हो ? के हामीलाई दुई सय वर्षसम्म दास बनाएको उपलक्ष्यमा यस्तो खुशी मनाइएको हो ? हामी त भन्छौँ— तपाईंहरूले जुन किसिमको खुशीयाली मनाउँदै जुन चुस्की लिनुभयो, त्यो त युद्धमा मारिएका, वेपत्ता पारिएका र अहिलेसम्म पनि बेखबर पारिएका साठी हजार भन्दा ज्यादा नेपालीहरूको रगत थियो । हाम्रो रगत र पसिनामाथि मोजमस्ती गर्ने नैतिकता तपाईंहरूले कहाँबाट पाउनुभयो ? दुई सय वर्षसम्म नेपालीहरूले बेलायतको वफादारीपूर्ण सेवा गरेर नेपाल र नेपालीहरूको बर्बादी सिवाय केही पाएनन् ।
अन्त्यमा, हामीले विश्लेषणसहित निम्नलिखित बुँदाहरूको निश्कर्ष निकालेका छौँ । यी बुँदाहरूमा प्रत्येक नेपालीले हामीलाई सल्लाह सुझाव दिन अनुरोध गर्दछौँ । तपाईंहरूको सल्लाहसुझावको आधारमा हामीले विज्ञहरूसँग सरसल्लाह गरी यसलाई अन्तराष्र्टि«य मुद्दा बनाउनेछौँ ।
हाम्रा निस्कर्षहरूः
१. नेपाल कहिल्यै पनि बेलायतको उपनिवेश थिएन न त यो सानो हिमाली देश कुनै देश विरुद्ध युद्धको पक्षमा नै थियो । यसो हुँदाहुँदै एक सार्वभौमसत्ता सम्पन्न देशका स्वतन्त्र नागरिकलाई के कस्तो सन्धि सम्झौता गरी बेलायती सेनामा पठाइएको हो ? यस सम्बन्धमा दुवै देशका सरकारहरूबाट सत्यतथ्य सार्वजनिक गरियोस् ।
२. हामीलाई बेलायती सेनामा पठाएर हामीले के—के गुमायौँ ? हाम्रो हरियाली गाउँबेँसी, उर्बर भूमि, गाईभैँसी, भेँडाबाख्रा, कुखुरा जस्ता आर्थिक स्रोतका मुख्य आधारहरू, हामीले प्रयोग गर्ने राडी पाखी, भांग्रा जस्ता लत्ताकपडा र बहुमूल्य जडीबुटीहरूबाट हामी सम्पन्न र समृद्ध थियौँ । हाम्रो आत्मनिर्भर अर्थतन्त्र थियो । हाम्रो सामाजिक सद्भाव विश्वमा उदाहरणीय थियो । हाम्रो आफ्नै किसिमको विशिष्ट मौलिक परम्परा र संस्कृति थियो । बेलायती सेनामा बलजफ्ती लैजाने परम्परा र संस्कार बसालिदिएको हुनाले आज हाम्रो त्यति रहरलाग्दो गाउँ उजाड बनाइएको छ । हामीलाई संस्कार र संस्कृतिविहीन बनाइएको छ । हामी र हाम्रा सन्तान चाहेर पनि त्यहाँ जान नसक्ने अवस्थामा पु¥याइदिएको छ । हाम्रा पितापुर्खाहरूलाई गाउँ नै रित्तो हुने गरी युद्धमा नलगेको भए अहिले त्यो गाउँ झन् सम्पन्न र समृद्ध हुने थियो । हाम्रो त्यस्तो ऐतिहासिक थलोलाई अहिले खण्डहर बनाइदिएको छ । यस सम्बन्धमा बेलायत पूर्ण रुपले जवाफदेही हुनुपर्छ ।
३. दुई सय वर्षसम्म बेलायत सरकारले हामीलाई भर्ती गरेर उसको सेनामा लग्यो । तर उसको सैनिक सेवाको भत्ता, पेन्सन केही पनि दिएन, र हाम्रो जवानीमाथि चरम शोषण ग¥यो । दमन ग¥यो । पशुसरहको व्यवहार गर्दै दास बनायो । साठी हजारभन्दा ज्यादा गोरखालीहरू मारिए । लाखौँ घाइते र बेपत्ता पारिए । यसरी मारिने, घाइते हुने वा युद्धमा वेपत्ता पारिएकाहरूका सम्बन्धमा अहिलेसम्म पनि बेलायत सरकारले आधिकारिक रुपमा सूचना दिएको छैन । यस सम्बन्धमा पूर्ण रुपले बेलायत जवाफदेही हुनुपर्छ ।
४. नेपालीहरूले युद्ध लड्नु पर्ने कुनै कारण पनि देखिँदैन । दुई सरकारको बीचमा कानुनी रुपमा सन्धि सम्झौता गरी वैधानिकता दिएको पनि कतै देखिँदैन । त्यसैले जति पनि गोरखाहरू युद्धमा मारिए, उनीहरूलाई अवैधानिक तवरले युद्धमा लगी हत्या गर्नु सरासर युद्धअपराध हो ।
५. सन् १९४७ मा बर्माको सुरक्षाको लागि भनेर एक बटालियन गोरखा त्यहाँ छाडिराखेका थिए । ती गोरखाहरूको कुनै अत्तोपत्तो छैन । ती गोरखाहरू कहाँ छन् ? ब्रिटिस सरकारसँग हामी यसको उत्तर चाहन्छौँ ।
गैरकानुनी रुपमा हामीलाई युद्धमा होमिन बाध्य पारिएको हुनाले नेपाल र बेलायत दुवै देशका सरकारलाई युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय अदालतसमक्ष उभ्याउन नहुने कारण के छ ?
हामीले २००७ सालमा आमुल परिवर्तन ग¥र्यौँ । २०१५ सालमा ऐतिहासिक जनमतले नेपाली कांग्रेसलाई दुई तिहाइ मत दियो । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै ३० वर्षसम्म शासन गरे । २०३६ मा जनमत संग्रह भयो । २०४६ सालमा हामीले फेरि अर्को महत्वपूर्ण परिवर्तन ग¥र्यौँ । बाह्र वर्षे माओवादी विद्रोहले राजतन्त्र ढाल्यो । तैपनि २००७ सालदेखि अहिलेसम्मको परिवर्तनले नेपाल र नेपाली जनताले पाउनुपर्ने अधिकार केही पनि पाएनन् । त्यसैले लाहुरेको यो सानो संगठन गेसोले विश्वसामु नेपालको वास्तविक इतिहास खोतल्ने नयाँ आन्दोलनको रुपमा बेलायत र नेपाल सरकारको विरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रमा निम्नलिखित तीन मुख्य सवाल उठाउने निधो गरेका छौं :
१. मानव तस्करी : बेलायत सरकारले नेपालबाट मानव तस्करी गरेर लैजान्छ । सैनिक तालिम दिएर नक्कली ब्रिटिस गोरखा सैनिक बनाएर विश्वलाई ढाँट्दै तेस्रो राष्ट्रको सार्वभौमविरुद्ध गोरखालीहरूलाई युद्ध लडाएर मुनाफा कमाउँछ । उदाहरणको लागि हाल अफगानिस्तान र बु्रनाइमा राखिएका गोरखालाई लिन सकिन्छ । त्यसैले बेलायतलाई मानव तस्करी र विश्वलाई ढाँट्दै ठगी गरेको अभियोगमा अन्तराष्ट्रिय अदालतमा मुद्दा उठाउँछौँ ।
२. गोरखाको संस्कार संस्कृतिको विनास : हाम्रो त्यो जमानाको आत्मनिर्भर अर्थतन्त्रको आधारभुत स्रोतलाई समाप्त पारिदिएर हाम्रो संस्कार संस्कृतिलाई पुर्ण रुपले निमिट्यान्न पारिदिएर अहिले हामीलाई घर न घाटको अवस्थामा पु¥याइदिएको अभियोगमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा उठाउँछौँ ।
३. गोरखाको सूचना पाउने हकको हनन : साठी हजार भन्दा ज्यादा नेपालीहरूलाई युद्धमा होमेर मार्नुपर्ने कारण के थियो ? र उनीहरूको बारेमा अहिलेसम्म सम्बन्धित परिवारलाई सूचनासम्म नदिएको मानवताविरुद्धको अभियोगमा अन्तर्राष्ट्रिय अदालतमा कुरा उठाउँछौँ ।
यी तीन वटा सवालहरूले विश्वलाई नेपालको वास्तविकताको बारेमा बुझाउनेछ, र यसले नेपाल गरीब होइन रहेछ, बेलायतको कारणले नै अहिलेको अवस्था सिर्जना भएकोे रहेछ भन्ने कुरा थाहा पाउनेछन् । विश्वभर छरिएर बसेका हामी नेपालीहरूले आफ्नो सवाल आफै उठाऔँ । यसको लागि हामी एकजुट होऔँ ।
प्रस्तोताः
पदम बहादुर गुरुङ
(सभापति)
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)

(सभापति गुरूङले बेलायतमा २१ फेब्रुवरी २०१६ मा गेसोले आयोजना गरेको वृहत अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत गर्नुभएको प्रतिवेदनको सम्पूर्ण पाठ)

gaeso gaeso2 gaeso3

About The Author

Number of Entries : 9

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top