You Are Here: Home » कला साहित्य » बन्दुकसँगै कलम पनि

बन्दुकसँगै कलम पनि

आयो लाहुरे बुट जुत्ता कसेर …..

गयो लाहुरे खरानी धसेर …..

गोरखाली सेनाहरु माथिको यो भनार्इ कुनैबेला उखानै बनेको थियो । विदेशी भूमिमा रगत र पसिनाले कमाएको पैसा खाएर वा खुवाएर र मोजमस्तीमा उडाउने प्रवृत्तमिाथिको कटाक्ष् थियो यो । पहिले बुट जुत्ता गर्‍याप्‍–गर्‍याप्‍ बजाउँदै गाउँ आएको सम्पन्न लाहुरे फर्किँदा जोगी जस्तो रित्तो हात फर्किन्छ भनेर आलोचना गरिन्थ्यो । लाहुरेहरु सृजनशील हुँदैनन्‍, लड्‍न मात्रै जान्दछन्‍ भन्ने अर्का भनाइ थियो । तर,अहिलेका सृजनशील लाहुरेहरुले यसलार्इ गलत सावित गरिदिएका छन्‍ । यो भनार्इ अहिलेको लाहुरेसगँ कतिपनि मेल खाँदैन । बन्दुक बोक्ने हातहरु उत्तकिै सिपालु ढंगमा कलम चलाइरहेका छन्‍ ।

 

राज्यले लाहुरे साहित्यकारलार्इ सँधै बेवास्ता गरेपनि उनीहरुले नेपाली भाषा र साहित्यका लागि विदेशी भूमिमा बसेर समेत महत्वपूर्ण योगदान गरिरहेका छन्‍ । लाहुरे कवि/लेखकहरुले लाहुरेको पुरानो मानक भत्काइदिएको बताउँछन्‍ साहित्यकार अभि सुवेदी । ‘अब लाहुरेहरु सिर्जनशील हुँदैनन्‍ भन्ने भनाइ काम नलाग्ने भर्इसक्यो’ सुवेदी भन्छन्‍, ‘आजका सिर्जनशील लाहुरेहरुले, लाहुरेको मानक नै परिवर्तन गरिदिएका छन्‍ ।’ सुवेदीका अनुसार, लाहुरेहरुद्वारा सृजित साहित्यले नेपाली साहित्यमा आफ्‍नै खाले महत्व राख्छ ।

 

तर राज्यले विदेशी भूमिमा रहेर साहित्य सृजना गर्न लाहुरेहरु माथि विभेद गरेको कुरामा उनी पनि सहमत छन्‍ । भन्छन्‍, ‘राज्यले जति गनुपथ्र्यो, त्यो नगरेको चहि साँचो हो ।’ कवि श्रवण मुकारुङ भन्छन्‍, ‘अब आयो लाहुरे सृजना बोकेर, गयो लाहुरे खरानी धसेर भन्नुपर्छ । नत्र, लाहुरेहरुका सृजना माथि अन्याय हुन्छ ।’ उनको दावी छ, लाहुरेहरुको सिर्जना स्तरीय छन्‍ । भन्छन्‍, ‘घरदेशका नेपालीको जीवन र समस्यामाथि नेपालमा बस्ने साहित्यकारहरुले लेखेका छन्‍ भने परदेश (लाहुर)को नेपालीको जीवनमाथि लाहुरेहरुले लेखेका छन्‍ । परदेशको साहित्यविना नेपाली साहित्य पूर्ण नहुन सक्छ ।

 

‘पल्छिलो समयमा लाहुर गएकाहरुमा सबै शिक्षित भएकाले लाहुरे सर्जकहरुको संख्या बढेको हाल व्रुनार्इमा (गोरखाली सेना) कार्यरत कवि हेपेन्द्र रार्इ (अप्जसे कान्छा) बताउँछन्‍ । विदेशी भूमिमा रहेर नेपाली भाषा साहित्य सेवामा लाग्नेहरुलार्इ राज्यले वास्ता नगरेको उनको पनि गुनासो छ । के गनु पर्‍यो त राज्यले ? ‘लाहुरेहरुद्धारा सृजित साहित्यको पनि अध्यापन अध्यापन गराउनुपर्छ’ उनी भन्छन्‍, ‘डायस्पोरामा लेखिएका साहित्यको मुल्याङकन गर्ने फरक मापदण्ड बनार्इनुपर्छ ।’ लाहुरेहरुको किताब सम्पादन तथा प्रकाशनका लागि सेतु बनेका गीतकार टिका चाम्लिङ्गका अनुसार, करिब दुर्इ दर्जन जति लाहुरे साहित्यकारले प्रत्येक छुट्टीमा नेपाल फर्किंदा नयाँ कृति लिएर आउने गरेका छन्‍ ।’करिब २०/२२ जना लाहुरे साहित्यकारले प्रत्येक विदामा आउँदा नयाँ कृति लिएर आउने गनर्ुभएको छ’ उनले भने, ‘अहिले लाहुरेहरुबीचमा पुस्तक छाप्ने होडबाजी जस्तै चलेको छ ।’

के लेखे लाहुरेहरुले ?

सन्‍ १८१६ को सुगौली सन्धिपछि सुरु भएको हो, लाहुरे बन्ने चलन । करिव दुर्इ शताब्दी लामो इतिहास छ लाहुरेहरुको । तर,लाहुरे–साहित्यको इतिहास भने त्यति लामो छैन । लाहुरेहरुले कलम चलाउन थालेको करिब पाँच दशक मात्रै भयो । सन्‍ १९४९ मा ‘बि्रगेड अफ गोरखाज्‍’ ले प्रकाशन सुरु गरेको ‘पर्वते’ नामक नेपाली पत्रिकाबाट लाहुरेका सृजना अपौचारिक रुपमा बाहिर आउन थाले । पाँच दशकभित्र लाहुरेहरुका सात दर्जन बढी साहित्यिक कृति प्रकाशित छन्‍ । लाहुरे साहित्यकारको र्इतिहासमा मास्टर मित्रसेन मगर सबैभन्दा अगुवा सृजकको रुपमा दरिन्छन्‍ ।

करिब उन्नार्इसको पूर्वाद्धतिर नै उनले सृजना सुरु गरेका थिए । मित्रसेन साहित्य लेखन भन्दा पनि बढी गीत लेखन र गायनमा बढी रमाएको देखिन्छ । उ बेला नै ‘लाहुरको रेलीमार्इ….’ जस्तो लोकपि्रय गीत रचना गरी स्वर भरेका मास्टर मित्रसेनको गोहोलार्इ पन्छ्‍याउने क्रममा हालसम्म निकै ठूलो जमात बनेको छ । मित्रसेनले बनाएको गोहोलार्इ सुबेदार मजेर शेरसिंह राना मगर, प्रतिमान थापा मगर, जिबी लुगुन, डा. हर्ष बहादुर बुढालगायतले पछ्‍याएका थिए । उनीहरुले पनि उन्नार्इसको दसकतिर नै केही कृतिहरु प्रकाशित गरेको देखिन्छ । तर,त्यति उल्लेख्य भने छैन । संगीतकार तथा गायक तेञ्जिङ भेटिया पनि पुराना सृजक हुन्‍ । उनी लगायतका साथीहरु मिलेर बनाएका हिमालयन व्याण्डको ‘मुसुमुसु हाँसी देउन लै लै….’ बोलको गीत अझैसम्म उत्तकिै लोकपि्रय छ । यो अझैपनि उत्तकिै गार्इने र सुनिने गीतमा पर्छ ।

 

लाहुरे साहित्यकारहरुमा धनकुटाका धनहाङ सुब्बा निकै पुराना र राम्रा साहित्यकार हुन्‍ । उनले लाहुर जानुअघि विसं २०१६ मा नै ‘हसिमा’कथा संग्रह प्रकाशन गरेका थिए । लाहुरबाट फर्किएपछि लाहुरे जीवन भोगाइका बिषयबस्तु समेटेर ‘सलामत जलान’ कथा संग्रह पनि प्रकाशित गरे उनले । प्रसिद्ध लेखक र्इन्द्रबहादुर रार्इका समकालीन धनहाङ सुब्बाको बारेमा समालोचक डा. जीवन नामदुङले ‘सलामत जलान’को भूमिकामा लेखेका छन्‍, ‘त्यतिबेला धनहाङ सुब्बा इन्द्रबहादुर रार्इहरु जत्तकिै स्तरीय लेख्थे ।

 

लाहुर गएर लेखनबाट पलायन नभएका भए उनले नेपाली साहित्यलार्इ महत्वपूर्ण योगदान दिन सक्थे ।’ धनहाङले पूर्वी नेपालका लिम्बु जातिका लोककथा संकलन गरी ‘लिम्बुवानका लोककथा’ पनि प्रकाशित गरेका छन्‍ । यस्तै, जिबी लुगुन, चन्द्र गुरुङ, रामकृष्ण वान्तावा लगायतका साहित्यकारहरु पनि पुराना साहित्यकार हुन्‍ । गीत र उपन्यासमा रामकृष्ण वान्तवाको राम्रो प्रभाव रहेको पार्इन्छ । उनको उपन्यास ‘सघन तुवालो’ चर्चित र विवादित उपन्यास हो । एम.ए. को नेपाली बिषयको डायस्पोरा साहित्यमा अन्तर्गत राखिएको भनेर प्रचार गरिएको यो उपन्यासको कारण त्रिभुवन विश्वविद्यालय नेपाली बिभाग प्रमुख प्रा. राजेन्द्र सुवेदी र उपप्राध्यक देबी पन्थी आलोचित र विवादित बने ।

 

सम्भवत: पुस्तकको कारण अख्तियारसम्म मुद्दा परेको यो पहिलो घटना पनि हो । जे होस्‍, वान्तावले सृजना गरेको उपन्यास बहसमा आएको छ । अहिले लाहुरे कविहरुको यौटा ठूलो जमात नै तयार भइसकेको छ । लाहुरेहरुले साहित्यका अरु विधा भन्दा कविता धेरै लेख्नुका कारण बताउँदै र्इश्वर चाम्लिङ भन्छन्‍, ‘पल्टनमा समयको पावन्दी हुन्छ । कविता छोटो बसाइमा लेख्न सकिने भएकाले धेरै लेखिएका हुन्‍ ।’ रक्षा रार्इ, मिजास तेम्बे, काङमाङ नरेश, दयाकृष्ण रार्इ, विश्वदिप तिगेला, जगत नवोदित, टंक बनेम अब्जसे कान्छा,रामकृष्ण वान्तावा, नरेश नाती अहिले चर्चामा रहेका लाहुरे साहित्यकार हुन्‍ । रक्ष्ा रार्इ, टंक बनेम, प्रेम गुरुङ, तुलसी सुब्बा लगायतका लाहुरे साहित्यकारहरु ‘पर्वते’ पत्रिकाकाल देखि नै कलम चलाउदै आएका साहित्यकारहरु हुन्‍ । रक्ष रार्इको ‘सालिक उभिएर गोरखाली’, तेम्बेका’अर्थ वतरण’, नरेशको ‘अनुहारमा लुकाइएका चोटहरु’ र दयाकृष्णको ‘र्इश्वरको मलामी’ चर्चित कविता संग्रह हुन्‍ । त्यस्तै काङमाङ नरेश,मिजास तेम्बे र अप्जसे कान्छाले सम्पादन गरेको संयुत्तm कवितासंग्रह ‘गि्रनविचका प्रतिध्वनिहरु’ ले डायस्पोरिक साहित्यमा राम्रै प्रसंशा बटुलेको छ । यसमा बेलायत, हङकङ, सिङगापुर आदि देशमा कार्यरत ६४ जना कविका १ सय २८ वटा कविताहरु संग्रहित छन्‍ ।

 

यस्तै, २०६३ मा प्रकाशित १७ जना लाहुरे कविहरुको संयुत्तm कवितासंग्रह ‘सीमाहीन विम्बहरु’ लार्इ पनि राम्रै रुचाइएको थियो ।उपन्यासमा मुलबीर रार्इको ‘मृत शहर’, गणेश रार्इको ‘रार्इफलको नालबाट जीवन नियाल्दा’ र ‘युद्ध एम्बुसमा रार्इफलको संगीत’ अब्बल मानिन्छन्‍ । मुलबीर रार्इको ‘मृत शहर’ ले पन्त स्मृति पुरस्कार पनि पाएको छ । त्यस्तै, विश्वाशदीप तिगेलाको नियात्रा कृति ‘गृहयुद्धका पीडा’ निकै चर्चा पाएको कृति हो । रक्षा रार्इका कथा संग्रहहरु ‘सिपाहीको आमाको लाश’ र ‘बालुवामा अर्को नेपाल’ प्रवासी नेपालीहरुमाभm लोकपि्रय छ ।

 

जगत नवोदित, टङक वनेम, कुमार र्इस्बो, भगवान चाम्लिङ, जितेन्द्र चेम्जोङ, आनन्द रानोछाङ, श्रीप्रसाद माबो, यादव वान्तवा,भरतमण्ाि चोङवाङ, नबराज रार्इ, र्इश्वर चाम्लिङ, अप्जसे कान्छा, भूमिराज रार्इ, चोक गुरुङ आदि लाहुरे साहित्यकारका कृतिले पनि राम्रै चर्चा पाएका छन्‍ ।लाहुरेहरुले किताब प्रकाशन गनर्े एकखालको लहर नै चलेको छ । उनीहरुका कृतिहरुको गुणस्तरको प्रश्न नउठेको भने होइन । डा सुवेदी भने लाहुरेका सृजना परिष्कृत हुँदै गएको बताउँछन्‍ । भन्छन्‍, ‘पछिल्लो समयमा लाहुरेहरुले परिष्कृत खालका साहित्य सृजना गर्न थालेका छन्‍ ।’ लाहुरे र नेपालमै बसेर लेखेका साहित्यकारका कृतिलार्इ एकै ठाउँमा राखेर बिश्लेषण गर्न नहुने डा. सुवेदीको तर्क छ । उनी भन्छन्‍, ‘घरभित्र बसेर लेखेको साहित्य र बाहिर बसेर लेखेको साहित्य अलग–अलग बिषय भएकाले यी दुर्इलार्इ छुट्टै राखेर हेर्नुपर्छ ।

‘ दार्जिलिङमा बसेर साहित्य स ृजनमा लागेका साहित्यकार डा.जीवन नामदुङ पनि यसमा सहमत देखिन्छन्‍ । उनले कतै लेखेका छन्‍, ‘सुरक्षित ठाउँमा राष्टि्रयस्तरका कवि बन्नु, बनार्इनु सजिलो हुन्छ तर असुरक्षित ठाउँबाट सामान्य कवि बन्न पाउनु पनि धेरै उकालो हिँड्‍नु पर्छ ।’ आजका सृजनशील लाहुरेहरुले पल्टनको साँघुरो परिधिबाट बाहिर निक्लिएर विदेशमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समुन्नतिको जुटिरहेको बताउँछन्‍ साहित्यकार रक्षा रार्इ ।

 

कुनै वर्गको आधारमा छुटाइँदा नेपालमा बसेर लेखेको साहित्य र पल्टनमा समय चोरेर लाहुरेले लेखेको साहित्यलार्इ एकै ठाउँ राख्न नहुने तर समग्र साहित्यको स्तरको प्रश्न आउँदा सबैलार्इ एकै ठाउँ राखेर मुल्याङकन गर्नुपर्ने कवि श्यामलको ठहर छ । भन्छन्‍, ‘लाहुरेका किताबका कभर र पेपर जति सुन्दर र गुणस्तरीय हुन्छन्‍, सृजना भने त्यति चित्तबुझ्‍दा हुँदैनन्‍ । अब उनीहरुले पुस्तकको सुन्दरता होर्इन,पुस्तकभित्रको सृजनालार्इ सुन्दर बनाउनतिर लाग्नुपर्छ ।’

 

के लेखेनन्‍ लाहुरेहरुले ?

बि्रटिस गोरखा सेनामा गोरखालीहरु करिब २ सय बर्षको अवधिमा लाखौंको संख्यामा बि्रटिस राज्यको रक्षाका लागि युद्धमा होमिए,हजारौंको ज्यान गयो, हजारौ अंगभंग भए, कैयौं बेपत्ता भए, तिनका परिवारले अनेकौ कष्टहरु सहनु पर्‍यो । बेलायतीहरुले यति गरेबापत वीरका पनि वीर भनेर प्रशंसा मात्रै गरे, तर उनीहरुका लागि केही पनि गरेनन्‍ । गोरखालीहरुले बेलायतको आदेश मानेर कहिले ब्रुनार्इका गरिबहरुको घाँटीमा सङ्गिन रोप्न पुगे, कहिले मद्रासी, चार्इनिज, र्इन्डोनेशियाका गरिब आदिवासीको छातीमा टेक्न पुगे ।

 

बेलायतले गोरखालीहरुलार्इ केवल आफ्‍नो स्वार्थको लागि पशुलार्इ जस्तै प्रयोग गर्‍यो । वास्तवमा तिनका भुत्तmभोगी र साक्षी त तिनै गोरखाली सेनाहरु हुन्‍ जसले बेलायतका पशुवत व्यवहार प्रत्यक्ष भोगेका छन्‍ । ती पीडाको जानकार उनीहरु भन्दा अरु कोही हुन्नन्‍ । तर,यस बिष्ायमा भने साहित्य स ृजना भएकै छैन भन्दा पनि हुन्छ । यस पाटोमा केही लेखिए पनि एकदमै हल्का ढङ्गले मात्रै लेखिएको छ । नभए ‘लाहुरेको जीन्दगी रार्इफल’ भन्ने पाराले मात्रै लेखिएको छ । स्वयम्‍ आफूमाथि भएको अन्यायको बिषयमा उनीहरुले साहित्य सृजना गर्न किन सकिरहेको छैन त ? ‘सीमित अध्ययन र केही बाध्यताले’ साहित्यकार (भूपू गोरखा) धनहाङ सुब्बा भन्छन्‍, ‘लाहुरेहरुसँग आप्‍mनै खालका सीमा हुन्छ । एकतिर गहन अध्यान र अनुसन्धानको अभाव छ भने अर्कातिर पेशाप्रतिको जिम्मेदारी । यिनै कारणले यस विषयमा उनीहरुले लेख्न नसकेका हुन्‍ ।’ सेवामै कार्यरत रहँदा लेख्न नसकिएपनिसेवानिव ृत्त भएर आएपछि चहि लेख्न आबश्यक रहेको उनको सुझाव छ । लाहुरे सर्जकहरुले बेलायतले गोरखालीहरुमाथि गरेको अन्याय र गोरखाहरुले पाएको पीडाको बिषयमा पनि लेख्न आबश्यक रहेको गेसोका कोषाध्यक्ष जीतबहादुर रार्इ बताउँछन्‍ । भन्छन्‍, ‘आफूमाथि भएको अन्याय अरुलार्इ भन्दा बढी आफैलार्इ थाहा हुन्छ । यसलार्इ साहित्यको माध्यमबाट पनि बाहिर ल्याउन सके अभm आन्दोलनमा सहयोग पनि हुनसक्छ ।’

 

 

प्रकाशनमा लाहुरे

 

साहित्यिक पत्रिका तथा किताब प्रकाशनमा पनि लाहुरेहरुको योगदान रहेको छ । उनीहरुले बेलायतमा साहित्यिक संस्था खोलेर नेपाली साहित्यिक कृति प्रकाशन गर्ने र नेपाली साहित्यकारहरुलार्इ पुरस्कृत गर्ने काम गर्दै आएका छन्‍ ।

 

बेलायत प्रतिभा प्रतिष्ठान, प्रवासी नेपाली साहित्य समाज, अनलार्इन नेपाली साहित्य मञ्च लगायतका साहित्यिक संघ संस्था यस्ता काममा लागिपरेका छन्‍ । प्रवासी नेपाली साहित्य समाज र बेलायत प्रतिभा प्रतिष्ठानले हरेक बर्ष नेपालमा नेपाली साहित्यकाहरुलार्इ सम्मान गर्दै आएका छन्‍ । ‘पसिना बगाएको पैसा बटुलेर हामीले नेपाली स्रष्टाहरुको सम्मान र कृति प्रकाशनको काम गदै आएको छौँ,’बेलायत प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्षा रार्इ भन्छन्‍ । प्रतिष्ठानले गत बर्ष वरिष्ठ संगीतकार अम्बर गुरुङलार्इ सम्मान गरेको थियो । यस बर्ष चाहिँ गायक कुबेर रार्इलार्इ पुरस्कार प्रदान गरेको छ ।

 

यो बर्ष्ा पुराना साहित्यकार (पूर्व गोरखा सैनिक) जस्बी लुगुनलार्इ सम्मान र साहित्यकार उपेन्द्र सुब्बालार्इ एक लाख ११ सय ११ रुपियाँबाट पुरस्कृत गरेको छ । प्रतिष्ठानको उद्देश्य नेपाली साहित्यलार्इ समृद्ध बनाउने भएको बताउछन्‍ अध्यक्ष रार्इ । ‘नेपाली साहित्यलार्इ समृद्ध बनाउनु हाम्रो प्रतिष्ठानको एक मात्र उद्देश्य हो’ उनले भने ।साहित्यकार विश्वासदीप तिगेला सञ्चालक रहेको अनलार्इन साहित्यिक बेवसार्इट साहित्यघर डटकम र नेपाली लिटरेचर डटकमले विभिन्न साहित्यिक गतिबिधि नियमित सञ्चालन गदै आएका छन्‍ । नेपाली भाषा र साहित्यको अन्तर्राष्टि्रयकरणमा यी सार्इटहरुको ठूलो भूमिका रहेको बताउँछन्‍ प्रा.डा. गोविन्दराज भट्टरार्इ ।

 

राम्रो लेखेर पनि आर्थिक अभावका कारण पुस्तक प्रकाशन गर्न नसकेका साहित्यकारका पुस्तक प्रकाशन गरिदिएर लाहुरेहरुले नेपाली साहित्यलार्इ ठूलै गुण्ा लगाएको देख्छन्‍ कवि श्रवण मुकारुङ । मुकारुङ्गले भनेजस्तै, अहिलेसम्म नयाँ तथा पुराना सृष्टाका गरी तीन सय भन्दा बढी किताब लाहुरेहरुले प्रकाशन गरिदिएका छन्‍ ।

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top