You Are Here: Home » गतिविधि » बेलायतका बिभिन्न शहरमा भव्य सभा

बेलायतका बिभिन्न शहरमा भव्य सभा


लण्डन । बेलायतका बिभिन्न शहरहरुमा भव्य गोरखा जानकारी सभा सम्पन्न भएको छ । गोरखा भुतपूर्व सैनिक संघगेसोको स्थानीय शाखाहरुको आयोजनामा गोरखा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न सभा गरिएको हो । रिडिङ बेईजिङस्टोक अल्डरसट लगायतका शहरहरुमा गेसोको भव्य जानकारी सभा सम्पन्न भएको हो । सभालाई सभापति पदमबहादुर गुरुङ उपसभापति एवं बेलायत प्रमुख कृष्णकुमार राई संस्थापक महासचिव एवं सल्लाहकार डा चन्द्रबहादुर गुरुङ लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


मे ९ मा गेसो रिडिङ शाखाको आयोजनामा रिडिङमा भव्य जानकारी सभा सम्पन्न भयो । रिडिङ शाखाका सभापति चोकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न जानकारी सभामा सैयौ भुपु गोरखा सैनिकहरुको उपस्थीति थियो । सभालाई सम्बोधन गर्नुहुदै गेसो सभापति पदमबहादुर गुरुङले गोरखा आन्दोलनको नयाँ र निर्णायक मोड सुरु भएको बताउँनुभयो । ‘हामीले दुई शताब्दीदेखी बेलायती माटो र मुकुटका लागि रगत र पसिना बगाउँदै आएका छौं’ उहाँले भन्नुभयो, ‘अब हाम्रो दिने होईन लिने पालो हो । अब हामी हाम्रो हक निरन्तर लिदै जानेछौं ।’ सभापति गुरुङले अबका बाँकी लडाईहरु गोरखा सैनिकहरु जितेर छाड्ने बताउँनुभयो । ‘जति हार्न हारीसक्यौं जति गुमाउँन गुमाईसक्यौ अबको लडाई जित र नाफाको लडाई हो’ उहाँले भन्नुभयो । सभापति गुरुङले गोरखा सैनिकहरुले लडेर बेलायती माटो र मुकुट बचाईदिएको भन्दै बेलायत माथिको हक बेलायती जतिकै गोरखा सैनिकहरुको पनि भएको दाबी गर्नुभयो ।


सभापति गुरुङले नयाँ चरणको आन्दोलन अन्तर्गत नै स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडामा गोरखा स्मारक बनाउँन लागिएको जानकारी दिनुभयो । सभापति गुरुङले गोरखा स्मारकले नेपाल र नेपालीको शिर उँचो पार्ने दाबी गर्नुभयो । ‘आज हामीलाई गरीब र भिखमगुवा भनेर सबैले हेप्छन्’ उहाँले भन्नुभयो ‘गोरखा स्मारक निर्माण भइसकेपछि हामीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनेछ ।’ उनले गोरखा स्मारक बि्रटिसका लागि चिहान साबित हुने दाबी गरे । ‘गोरखा स्मारक बेलायती शासकको चिहान साबित हुनेछ जुन चिहानले धर्ती रहेसम्म बेलायती शासकलाई झस्काइरहनेछु उनले भने । सभापति गुरुङले गोरखा स्मारक निर्माण भइसकेपछि संसारले बेलायती शासकलाई घृणा गर्ने दाबी समेत गर्नुभयो ।’ आफूलाई मानवअधिकारको ठेकेदार दाबी गर्ने बेलायत आफैले कसरी मानवअधिकार विरोधी काम गरेको छ हामी संसारलाई थाहा दिनेछौँ’  उहाँलॆ भन्नुभयो ‘बेलायती शासकको असली अनुहार देखेपछि संसारले उनीहरुलाई घृणा गर्नेछ र बेलायती नागरिकले समेत आफ्ना शासकहरुलाई प्रश्न सोध्नेछन् ।’


यस्तै उपसभापति एंव बेलायत प्रमुख कृष्णकुमार राईले बेलायतमा गेसोले साचालन गरीरहेको अभियानका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गोर्खाहरु माथि बेलायतले गरेका सबै खालका बिभेद र अन्याय अन्त्य नगरेसम्म गोर्खा आन्दोलन जारी रहने बताउनुभयो । उहाँलॆ भन्नुभयो ‘जबसम्म कुनै न कुनै खालका बिभेद रहन्छ तबसम्म हामी गोर्खाहरुको पक्षमा निरन्तर आन्दोलन जारी राख्छौ ।’ उहाँले पहिलो र दोस्रो विश्ययुद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिक र तिनका परिवारलाई बेलायतले अहिलेसम्म कुनै सहयोग नगरेको बताउनुभयो । ती ६० हजारभन्दा बढी गोर्खा सैनिकहरुको रगत र पसिनाको मुल्य मागिने उहाको भनाई छ । ‘६० हजारभन्दा बढी हाम्रा पूर्खाहरुको रगत र पसिना बेलायतसँग माग्नेछौ यदि दिएन भने संसारका न्यायप्रेमी जनताको साथ लिएर हामी बेलायत बिरुद्ध नयाँ आन्दोलन सुरु गछौ] उहाँले भन्नुभयो ।


यसैगरी गेसोका संस्थापक महासचिव एवं सल्लाहकार डा चन्द्रबहादुर गुरुङले गेसोको न्यायपूर्ण अन्दोलनलाई दुनियाँका कुनै पनि शक्त्तीले छेक्न नसक्ने बताउँनुभयो । कार्यक्रमको साचालन शाखाका सचिज दसरथ राईले साचान गर्नुभएको थियो भने स्वागत तिलबहादुर गुरुङले गर्नुभएको थियो ।

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top