You Are Here: Home » अर्काइभ » स्मारक निर्माणको औपचारिक अभियान सुरु

स्मारक निर्माणको औपचारिक अभियान सुरु

राजेश राई 
स्याङजा(फेदीखोला) । गोरखा भूतपूर्व सैनिक संघगेसोले नयाँ चरणको आन्दोलन अन्तर्गत निर्माण गर्ने लागेको गोरखा स्मारकको औपचारिक अभियान सुरु भएको छ । बुधबार स्याङजाको फेदीखोला-८ स्थित साँल्मेडाँडामा गोरखा स्मारक ट्रष्टको उद्घाटन गरेर गेसोले नयाँ अभियानको औपचारिक घोषणा गरेको हो । प्रथम द्धितिय र क्षेत्रिय युद्धहरुमा बेलायतको पक्षबाट लड्दा मारिएको गोरखा सैनिकहरुको सम्झना र सम्मानमा गेसोले फेदीखोला-८ स्थित साँल्मेडाँडामा रहेको ३ सय रोपनी जग्गामा गोरखा स्मारक निर्माण गदैछ । 

गोरखा स्मारक ट्रष्ट उद्घाटन समारोहलाई सम्बोधन गदै गेसो सभापति

बुधबार गेसोले आयोजना गरेको कार्यक्रममा ९० बर्षिय समाजसेवी गजसिह गुरुङले गोरखा स्मारक ट्रष्टको उद्घाटन गरे । उद्घाटन कार्यक्रममलाई सम्बोधन गदै गेसो सभापति पदबहादुर गुरुङले स्मारकले नेपालीहरुको स्वाभिमान उचो पार्ने बताए । स्मारक मार्फत बेलायती शासकले गोरखा सैनिकहरु माथि गरेको बिभेदको श्रृखलालाई पनि स्पष्ट पार्ने बताए । ‘मानव अधिकारको ठेकेदार हुँ भन्ने बेलायती शासकले दुई सय बर्षसम्मको गोर्खालीहरुको सैनिक सेवालाई कसरी शोषण गदै आएको छ।’ उनले भने; ‘विश्वसामु यही छरलङ्ग पार्ने र दुई सय बर्षदेखी गोर्खालीहरुले बगाउँदै आएको रगत र पसिना मुल्यको खोजी गर्ने उद्देश्यका साथ गेसोले गोरखा स्मारक बनाउन लागेका हौं ।’ स्मारक बेलायती शासकको लागि चिहान साबित हुने बताए । ‘स्मारकले बेलायती शासकको असली अनुहार संसारले देख्नेछ धर्ती रहेसम्म यही स्मारकले बेलायती शासकलाई झस्काईरहनेछ ‘ उनको भनाई थियो । उनले स्मारक विश्वको महत्वपूर्ण र आकर्षक नमुना स्मारक बन्नेछ र यसलाई एसियाको ‘ईपर’ घोषणा गर्ने बताए ।

ट्रष्टको उद्घाट गदै स्मारक लागि जग्गा प्रदान गर्ने ९२ वर्षीय गंजिसंह गुरुङ

सभासद् रबिन्द्र अधिकारीले गोरखा स्मारक संसारका न्यायका पक्षपातीहरुको लागि पवित्रस्थल हुने बताए । उनले स्मारक निर्माणमा सहयोग गर्ने सबैलाई आग्रह समेत गरे ।

सम्बोधन गदै सभासद् रबिन्द्र अधिकारी

औजार दैनिकका प्रधानसम्पादक भिमज्वाला राईले गोरखा सैनिकहरुको मुद्दामा सरकार उदासिन भएको दाबी गरे ।’नेपालमा सडकमा गाडीले कुखुरा मार्दा चक्काजाम हुन्छ सदनसम्म कुरा पुग्छ ।’ उनले भने, ‘तर हजारौ गोर्खालीहरु बिदेशी भुमीमा मारिदा कुनै बसह हुदैन यो बिडम्बना हो ।’

सम्बोधन गदै औजार दैनिकका सम्पादक भिमज्वाला राई

कार्यक्रमा गेसो मोरङका अध्यक्ष मेजर मानबहादुर राई झापा अध्यक्ष धनपाल राई लगायतले बोलेका थिए । गेसो महासचिव महेन्द्रलाल राईले साचालन गरेको कार्यक्रममा वरिष्ठ लेखक झलक सुबेदी राजेन्द्र मर्हजन भोगीराज चाम्लिङ्ग श्यामल अरुण बराल संगीत श्रोता राजन मुकारुङ लगायत सहभागी थिए ।

सभासद् रबिन्द्र अधिकारी, लेखक झलक, सुबेदी राजेन्द्र महर्जन

गोरखा स्मारक ट्रष्ट उद्घाटन समारोहलाई सम्बोधन गदै गेसो सभापति

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top