You Are Here: Home » ताजा समाचार » स्मारक निमार्णमा बुद्धिजीबि र पूर्वमन्त्रीहरुकोसाथ

स्मारक निमार्णमा बुद्धिजीबि र पूर्वमन्त्रीहरुकोसाथ

काठमाडौं । गोरखा भुतपूर्व सैनिक संघ(गेसो)का पदाधिकारी बुद्धिजीबि र पूर्वमन्त्रीहरुविच अन्तरकि्रया कार्यक्रम भएको छ । आईताबार गेसोको केन्द्रीय कार्यालय काठमाडौंमा गेसोले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका बिषयमा अन्तरकि्रया भएको हो । 
छलफल कार्यक्रमको सुरुमा गेसो सभापति पदमबहादुर गुरुङले गेसोले दोस्रो चरणको आन्दोलन अन्र्तगत स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडाँको ३ सय रोपनी जग्गामा निर्माण गर्न लागेको गोरखा स्मारक बारेमा जानकारी गराउँनुभएको थियो । छलफल कार्यक्रममा उपस्थीति बुद्धिजीबिहरुले गोरखा स्मारकमा सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभएको थियो ।
बुद्धिजीबि जेतेन्द्रजंग हिमालीले गेसो आन्दोलन र गोरखा स्मारक निमार्णमा सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो । ‘गेसाको आन्दोलन हामी पनि बेलायती दुताबास घेर्न तयार छांै ।’ हिमालीले भन्नुभयो, ‘गोरखाहरुको न्यायपूर्ण आन्दोलन सबैको न्यायप्रेमी समुदायको आन्दोलन हो । पूर्वमन्त्री तथा संविधान सभा सदस्य किरण गुरुङले स्मारक निर्माणजस्तो राष्ट्रिय महत्वको सम्पदाको निर्माणमा सबैले सक्दो योगदान दिन सक्नुपर्ने बताउँनुभयो । सम्पदामा प्राकृतिक किसिमको नेपालीपन स्पष्ट हुनुपर्नेमा समेत उहांले जोड दिनुभयो ।
यस्तै पूर्वमन्त्री हेमराज राईले मारिएका ६० हजार भन्दा बढी गोरखा सैनिकहरुको सम्झना र सम्मान बनाउँन लागिएको गोरखा स्मारकमा विश्वका न्यायप्रेमी समुदायका लागि महत्वपूर्ण सम्पदा बन्ने बताउँनुभयो । स्मारक निमार्णमा सबैलाई सहयोग गर्ने आग्रह समेत गर्नुभयो । गेसोका महासचिव महेन्द्रलाल राईले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा गेसाका बुद्धिजीबि सल्लाहकार श्यामल गेसो कोषाध्याक्ष जितबहादुर राई एनआरएन बेलायतका सदस्य सुष्मा लिम्बु गेसो केन्द्रीय सदस्य देबीमाया पुन लगायत उपस्थीति हुनुहुन्थ्यो ।

About The Author

Number of Entries : 70

Leave a Comment

© 2009 GAESO, Powered by Kash

Scroll to top